प्यूठानमा डिलक्स बस सेवा सञ्चालन

प्यूठानमा डिलक्स बस सेवा सञ्चालन

राधिका भुसाल

प्यूठान, जेठ १ – प्यूठानी जनताको माग र सुविधालाई मध्यनजरमा राख्दै सोमबार देखि प्यूठान–काठमाण्डौंका लागि डिलक्स बस रात्री सेवा सञ्चालनमा आएको छ ।
प्यूठानी जनताका लागि उच्च स्तरीय यातायात सेवा दिनु पर्ने मुख्य उद्देश्यका साथ आफ्नै कार्याकालमा सुविधा सम्पन्न डिलक्स बस सञ्चालनमा ल्याइएको स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समिति प्यूठानका अध्यक्ष सुनिल बस्नेतले बताए । ‘बजारस्तरीय साना गाडिहरु पनि सञ्चालनमा आए, हाइस सेवा सञ्चालन गरियो’ अध्यक्ष बस्नेतले भने–‘अब हाम्रै कार्याकालमा प्युठानबाट एसी बस सञ्चालनमा ल्याउने अबराधारण खोजेका छौं ।’
३७ सिट रहेको डिलक्स बसमा पिउने पानी, राम्रो खानाको व्यवस्था, फ्रि वाइफाइ, पत्रपत्रिका लगायतका सेवाहरु उपलब्ध गराइने अध्यक्ष बस्नेत बताए । जिल्लामा अहिले ५ वटा डिलक्स बस सञ्चालनमा ल्याइएको समितिले जनाएको छ ।
त्यस्तै प्यूठानबाट दाङ तुल्सीपुरका लागि बिहान छुट्ने र साँझा तुल्सीपुरबाट प्यूठानका लागि छुट्ने गरी दैनिकी २ वटा हाइस बस सञ्चालनमा ल्याइएको समितिका महासचिव चन्द्रमान श्रेष्ठले बताए । ‘सामान्य कामका लागि तुल्सीपुर घोराही जान गाडि नै रिर्जव गर्नु बाध्यता थियो’ महासचिव श्रेष्ठले भने–‘दाङबाट प्यूठान अफिस भेट्ने र प्यूठानबाट दाङ अफिसको कामका लागि जाने व्यक्तिहरु सहज होस् भनेर आजैबाट तुल्सीपुर प्यूठान बस सेवा सञ्चालन गरेका हौं ।’ यही जेष्ठ ५ गते देखि प्यूठानदेखि नयाँ दिल्लीका लागि हप्तामा २ वटा बसहरु सञ्चालन हुन थालेका श्रेष्ठले जानकारी दिए ।
यस भन्दा अगाडि तुल्सीपुरका लागि बिहान सेवा एउटा बस मात्र सञ्चालनमा थियो । हाल स्वर्गद्धारी समितिबाट चितवन, नेपालगञ्ज, बुटवल, महेन्द्रनगर, कृष्णनगर, दाङ, काठमाण्डौं र जिल्ला भित्रका विभिन्न स्थानमा साना ठुला गरी १ सय बसहरु सञ्चालनमा रहेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल