बनेपाको जनागालमा दुर्घटना, एकको मृत्यु

बनेपाको जनागालमा दुर्घटना, एकको मृत्यु

काभ्रे, जेठ १– बनेपा नगरपालिका–१२ जनागाल स्थित बनेपा–काठमाडौ सडक खण्डमा बा.३ ख ४३८३ नम्बरको यात्रु बाहक बस र बा.८३ प १६६ नम्बरको मोटरसाइकल सोमबार एक आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ ।
मोटरसाइकल चालक खहरपागु–४ बस्ने १९ बर्षीय सुमन तामाङ र मोटरसाइकलमा सवार सागर श्रेष्ठ घाइते भएकोले उपचारको लागि धुलिखेल अस्पताल पठाइएको थियो ।

उपचारको क्रममा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल