खुकुरी प्रहार गरी हत्या, देवदहमा भेटियो हतियार

खुकुरी प्रहार गरी हत्या, देवदहमा भेटियो हतियार

काठमाडौं, जेठ १– ताप्लेजुङको फुङलिङ नगरपालिका–७ दोखु स्थायी घर भएका सुवाहाङ लिम्वुको खुकुरी प्रहरा गरी हत्या भएको छ ।हाल फुङलिङ.नगरपालिका–४ डेरा गरी बस्ने २६ वर्षीय लिम्बुको हत्या अभियोगमा सुमन फुरुम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

फुङलिङ नगरपालिका–१० बस्ने १८ वर्षीय फुरुम्बु लगायत तिन चार जनाले लिम्बुको टाउको र पेटमा खुकुरी प्रहार गरेको बताईएको छ ।
खुकुरी प्रहारबाट गम्भिर घाईते भएका लिम्वुलाई उपचारको लागी जिल्ला अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । खुकुरी प्रहार गर्ने अन्य व्यक्तिहरुको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैबिच रुपन्देहीको देबदह नगरपालिका–६ आँपगैरा खोलास्थित बुद्ध सामुदायीक बनमा आइतबार बेवारिसे अवस्थामा १ नाले भरुवा बन्दुक १ थान फेला परेको प्रहरीले जनाएको छ ।
उक्त बन्दुक कस्ले छाड्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल