महाकालीमा तीन किशोर बेपत्ता

महाकालीमा तीन किशोर बेपत्ता

भीमदत्तनगर, वैशाख ३०– महाकाली नदीमा बगेर शनिवार तीन किशोर बेपत्ता भएका छन् ।

महाकाली नदीमा नुहाउने क्रममा कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ बनकट्टीका १६ वर्षीय कपिल खाती, १६ वर्षीय दिपेश कुँवर र बनकट्टीकै १५ वर्षीय राहुल उपाध्याय बगेर बेपत्ता भएका इलाका प्रहरी कार्यालय, दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक बिरादत्त पन्तले जानकारी दिए ।

तीनैजना दोधारा चाँदनी झोलुङ्गे पुलभन्दा करिब पाँच सय मिटर दक्षिणतर्फबाट नदीमा बगेर बेपत्ता भएका थिए । उनीहरुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन् । (रासस)

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल