भिरबाट लडेर एकजनाको मृत्युु

भिरबाट लडेर एकजनाको मृत्युु

सन्धिखर्क, ३० वैशाख । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका –७ अडगुरीमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

अडगुरी निवासी दलकुमारी मर्साइको आज बिहान घुम्टी नजिकैको जङ्गलमा बिसाइराखेको सल्लीपुरालको भारी बोकी घर जाने क्रममा रिङ्गटा लागि भिरबाट लड्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

शवलाई घटनास्थलमा मुचुल्का उठाई परीक्षणका लागि जिल्ला अस्पताल, अर्घाखाँची पठाइएको छ ।

रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल