कास्कीमा १३ वटा मोटरेवल पुल बन्दै

कास्कीमा १३ वटा मोटरेवल पुल बन्दै

पोखरा, ३० वैशाख । कास्कीमा १३ वटा मोटरेवल पुल निर्माणाधीन अवस्थामा छन् ।

चालु आर्थिक वर्षको असार मसान्तसम्म पाँचवटा मोटरेवल पुल सम्पन्न हुने र बाँकी अर्को आर्थिक वर्षभित्र सकिने जिल्ला समन्वय समिति कास्कीका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद बरालले जानकारी दिनुभयो ।

कालीखोला, रामदुवाली, काहुँखोला, इदीखोला र पात्सेखोलाका मोटरेपुलको यसैवर्षको आर्थिक वर्षमा सकिने छन् ।

प्रमुख जिल्ला इन्जिनियर बरालका अनुसार ती सबै मोटरेपुल निर्माणका लागि जिल्ला समन्वय समितिले ठेकेदारसँग झन्डै रु २९ करोडको सम्झौता गरेको छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल