खोलामा डुबेर कपिलवस्तुमा २ बालिकाको मृत्यु

खोलामा डुबेर कपिलवस्तुमा २ बालिकाको मृत्यु

चुरामणि अर्याल

कपिलवस्तु, बैशाख ३० – कपिलवस्तु जिल्लाको सुद्धोधन गाउ पालिका– २ स्थित भुताहा खोलामा डुबेर शुक्रवार साँझ २ बालिकाको मृत्यु भएको छ ।

बाख्रा चराउन गएका राधेश्याम चौधरीकी ९ बर्षीया छोरी सृजना र शेखमान चौधरीकी ८ बर्षीया छोरी नुरमतिको खोला डबुेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलामा तैरिरहेको अवस्थामा बालिकाहरुको शव भेटिएको थियो ।

घटनाबारे स्थानीयले जानकारी गराए पछि प्रहरी त्यहाँ पुगेको थियो ।

खोलामा कसरी डुबे भन्ने बारे अझै थाहा नलागेको प्रहरी नायब उपरिक्षक प्रह्लाद अधिकारीले बताए । शवलाई परिक्षणका लागि तौलिहवा अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल