जस्टिन बीबरसँग किन माफी मगाउन चाहन्छन् भारतीय ?

जस्टिन बीबरसँग किन माफी मगाउन चाहन्छन् भारतीय ?

बैशाख ३० – क्यानाडेली पपस्टार जस्टिन बीबरको विषयमा भारतमा निकै चर्चा थियो । उनी कन्सर्टका लागि पहिलो पटक भारत गएका थिए । उनी भारतमा नआउन्जेल मिडियाहरुले उनीसँग सम्बन्धित विभिन्न चर्चा परिचर्चा गरिरहे । उनका सकारात्मक कुराहरु धेरैजसो सार्वजनिक भए तर उनी भारतबाट निस्किएलगत्तै उनका नकारात्मक कुराहरु धेरै बाहिरिनि थाले । उनीसँग दर्शकहरु पनि निकै रुष्ट भएको बताइएको छ ।

मुम्बईको डीवाई पाटिल स्टेडियम ५६ हजार मानिसहरुले खचाखच भरिएका थिए । बीबरलाई सुन्नका लागि आलिया भट्ट, सोनाली बेन्द्रे, मलाइका अरोडा र श्रीदेवी पनि पुगेका थिए ।

यो भीड बीबरलाई सुन्न र हेर्नका लागि आतुर थिए । उनलाई सुन्न र हेर्नका लागि भारतीय प्रशंसकले पाँच हजारदेखि ७५ हजार भारुसम्म खर्च गरेका थिए ।

बीबरले कन्सर्टमा नगाइकनै लिप सिंकिंग गरेको प्रशंसकले आरोप लगाएका छन् । आरोप अनुसार उनले लिप सिंकिंगलाई लुकाउने प्रयाससमेत गरेनन् । यहाँसम्म कि उनी गीतको बिचमा नै रुमालले मुख छोपिरहेको देखे । स्टेजमा उनलाई हेर्दा नै यी कुराहरु स्पष्ट रुपमा देख्न सकिन्थ्यो ।

मानिसहरुले सोसल मिडियामा आपत्ति जनाउँदै कार्यक्रम अत्यन्त भावहीन भएको आरोप लगाए । थुप्रै मानिसले बीबरले भारतीय कार्यक्रमका लागि माफी माग्नुपर्ने माग गरेका छन् ।

भारत सवा अर्बभन्दा बढी जनसंख्या भएको देश हो तर पनि त्यहाँ ग्लोबल मेगास्टारको प्रस्तुती शुन्यको बराबर छ ।

यस्तो अवस्थामा जस्टिन बीबर आउने भनेपछि भारतीय निकै उत्साहित थिए । यद्यपी, उक्त उत्साह धेरैबेरसम्म टिक्न सकेन । बीबरका थुप्रै प्रशंसकले सोसल मिडियामार्फता आफ्नो निराशा सार्वजनिक गरेका छन् ।

थुप्रै मानिसले बीबरलाई हेर्न र सुन्नका लागि अर्को राज्यबाट मुम्बई आएको तर उनले लिप सिंकिंग पनि राम्रोसँग नगरेको आरोप लगाए । आशिष शाक्यले आफ्नो एक लामो फेसबुक पोष्टमा लेखे, ‘जब बीबर रुमालले आफ्नो मुख पुछिरहेका थिए तब उनको पूरा अनुहार ढाकिएको थियो । यस्तो स्थितीमा पनि उनको आवाज अलिकति पनि परिवर्तन भएन ।’

एआइबीका हास्यकलाकार रोशन जोशीले पनि बीबरको लिप सिंकिंगमाथि आपत्ति जनाएका छन् । ट्वीटरमा मानिसहरुले बीबरको कार्यक्रम अत्यन्त भावहीन र उनले घरबस्ने कपडा लगाएर स्टेजमा आएको आरोप लगाए । मानिसहरुले बीबरको खराब कार्यक्रमको ऊजुरीमात्र नभई त्यहाँको मनमानीमाथि पनि मानिसहरुले रिस फेरे ।

एक व्यक्तिका अनुसार एक लिटर पानीको बोतल सय रुपैयाँ थियो । यसको लागि पनि बाहिर लाइन लागेको थियो ।

उनी भन्छन्, ‘स्टेडियममा पानीको बोतल ल्याउने अनुमती थिएन । पाँच रुपैयाँ पर्ने वडा पांव ९५ रुपैयाँमा बिकिरहेको थियो ।’

स्ट्यान्डअप कमेडियन अतुल खत्रीले पनि चिसो समोसाको लागि आफूले २ सय रुपैयाँ तिर्नुपरेको बताएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल