भिरबाट लडेर एक जनाको मृत्यु

३० बैशाख

भिरबाट लडेर एक जनाको मृत्यु

डोल्पा, ३० बैशाख – डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका स्थित वडा नं ६ मा पर्ने लामा भिरबाट लडेर शुक्रवार एकजनाको मृत्यु भएको छ ।

मृत्युु हुनेमा बाँके जिल्ला काहोलपुर नगरपालिकास्थित दस बिगाह बस्ने ४० बर्षिय बालकृष्ण शाही रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
मृतक शाही खच्चड बाट सामान लिएर त्रिपुराकोट आउने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शाहीको सव शुक्रबार नै सदरमुकाम दुनै लगिएको र आज जिल्ला अस्पतालमा पोष्टमार्टम गरिने प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

शाही सो नगरपालिकाको श्रीविन्डे बजारमामा होटेल ब्यबसाय गर्दै आएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल