अमेरिकामा किराँत राई कम्युनिटी गठन

अमेरिकामा किराँत राई कम्युनिटी गठन

अमेरिका, बैशाख २६ –अमेरिकाको कोलोराडोमा रहेको किंराँत राई सोसाइटी अफ अमेरिका कोलोराडो चप्टरका अध्यक्ष भिम राईलागयत ७० जनाले सोसाइटी परित्याग गरि नयाँ संस्था स्थापना गरेका छन् ।

उनीहरुले आईतबार एक कार्यक्रम गरी किराँत राई कम्युनिटी अफ अमेरिका स्थापना गरेका हुन् । नवगठित संस्थामा अध्यक्ष,उपाध्यक्ष ,सचिव, कोषध्यक्ष र संस्कृति संयोजकमा क्रमशः भिम राई, शोभा सुब्बा राई, जिदन राई, दिल राई मालती मगर र धन राई रहेका छन् । त्यस्तै सदस्यहरुमा धन बहादुर राई, इन्द्र राई, सपना राई रहेका छन् ।
कोलोराडोको अरोरामा आयोजित कार्यक्रममा संस्थाका सल्लहाकारहरु समेत चयन गरिएको छ । जसमा टिकाराम राई, सन राई, अस्वी मिजार (शेर) केदार खतिवडा र अमेरिकन नागरिक डा.दय्न एड्वन रहेका छन् । किराँत जातिको भाषा, धर्म, संस्कृतिको जगेर्ना गर्ने मुख्य योजनाको साथ संस्था स्थापना भएको अध्यक्ष भिम राईले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल