साउनको पहिलो सातामै डाक्टर खाते

साउनको पहिलो सातामै डाक्टर खाते

काठमाडौं, बैशाख २५– चलचित्र ‘डाक्टर खाते’ अब दर्शकमाझ आउने भएको छ । आधा दर्जन अन्तराष्ट्रिय चलचित्र महोत्सबमा प्रदर्शनी भएको यो चलचित्र विभिन्न बाह्य मुलुकपछि नेपालमा प्रदर्शन हुन लागेको हो ।

चलचित्र ६ साउनबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । यसलाई काठमाडौंमा गोबिन्द शाही र मोफसलमा एफडी कम्पनीले बितरण गर्ने निर्माता रोशनी केसीले बताईन् ।

चलचित्रमा शिल्पा पोखरेल, रोशनी केसी, सम्राट सापकोटा, बिजय देउजा, प्रिन्स रिजाल, सूर्य गुरुङ, अमृत नेपाली लगायतको अभिनय थियो ।

सडसका बालबालिकालाई पनि उचित संरक्षण र शिक्षा दिन सक्यो भने उनीहरु भ्विष्यमा डक्टर लगायत विभिन्न सफल पेशामा आउन सक्छन भन्ने सन्देश यो चलचित्रले दिनेछ ।

जगदिश्वर थापाले लेखेको यो चलचित्रलाई रबीराज अर्यालले निर्देशन गरेका हुन् । जसमा दिव्यराज सुबेदीको छायाँकन, योगेश्वर अमात्यको गायन, सचिन सिंहको संगीत, तारा थापा किम्लेको सम्पादन र डब्बु क्षत्रीको ‘कास्टिङ’ रहेको छ ।

आर आर ड्रिमवर्ड इन्टरटट्रेनमेन्टद्वारा निर्मित यो चलचित्रको छायाँकन पोखराको धिताल गाउँ र काठमाडौंमा गरिएको हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल