सान फ्रान्सिस्कोमा २५८० औं बुद्ध जयन्ती मनाइयो

सान फ्रान्सिस्कोमा २५८० औं बुद्ध जयन्ती मनाइयो

सान फ्रान्सिस्को, २५ वैशाख । अमेरिका र नेपालमा समाजसेवी संस्थाका रुपमा सुपरिचित मदरल्याण्ड नेपालले महामानव भगवान गौतम बुद्धको २५८० औं जयन्ती गत शनिबार भव्य रुपमा मनाइएको छ ।

प्रवचन, ध्यान र नाचगानका साथ सन फ्रान्सिस्को बे एरिया क्षेत्रका नेपाली वासिन्दाहरुको उपस्थितिमा मनाइएको बुद्धजयन्ती कार्यक्रमको संयोजन सो क्षेत्रका लागि नेपालका पूर्व पर्यटन दूत अनिल पाण्डेले गरेका थिए ।

कार्यक्रममा लुम्बिनी विश्वबिधालयबाट आउनु भएका प्राध्यापक चूडामणि शास्त्रीको प्रवचन विशेष आकर्षणको विषय रहेको थियो । प्राध्यापक शास्त्रीले आजको तनाब र प्रतिस्प्रद्धाको युगमा बुध्दले देखाएको बाटो मात्र दीर्घकालिक शान्ति र समृद्धिको राजमार्ग भएको बताए। अमेरिकामा रहेका सहभागीहरुले प्रवचनप्रति धेरै आकर्षण देखाएका थिए ।

योगी पूर्णानन्दबाट विपश्यना ध्यान गराइएको सो कार्यक्रममा सो क्षेत्रका समाजसेवी ईश्वर मास्के, गोविन्द शाही, मीरा शाही, महेन्द्रमणि दीक्षित, श्याम श्रेष्ठ, र मदरल्याण्ड नेपाल का बोर्ड अफ डिरेक्टर तारा खरेलले पनि बुद्धको प्रतिमा खादा चढाई महामानव प्रति श्रद्धा प्रकट गरे ।

कार्यक्रमको आनन्द उठाउन हास्य कलाकार देविराम पराजुली (भोके) लगायतको उपस्थिति थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल