‘बाहुबली टु’ को नयाँ रेकर्डः हजार करोड कमाउने पहिलो भारतीय फिल्म

‘बाहुबली टु’ को नयाँ रेकर्डः हजार करोड कमाउने पहिलो भारतीय फिल्म

एजेन्सी

बैशाख २४ – बक्स अफिसमा दैनिक नयाँ रेकर्ड सेट गरिरहेको एसएस राजामौलीको फिल्म ‘बाहुबली टु’ ले कमाईको नयाँ इतिहास रचेको छ । बाहुबली भारतको पहिलो फिल्म बनेको छ जसले संसारभरी १ हजार करोडको कमाई गरेको छ ।

यो कुराको जानकारी ट्रेड एनालिष्ट रमेश बालाले ट्वीटमार्फत दिएका छन् ।


करण जोहरले पनि आफ्नो ट्वीटर ह्याण्डलमा फिल्मले १ हजार करोड पार गरेको खबर दिँदै फिल्म भारतीय सिनेमाका लागि माइलस्टोन साबित भएको बताए ।

स्मरण रहोस्, बाहुबली टुले ९ दिन भित्र नै यो आँकडा पार गरेका छन् । फिल्मले भारतमा ६ सय करोडभन्दा धेरैको कमाई गरेको छ भने विदेशमा लगभग २ सय करोडको कमाइ गरेको छ । फिल्मको हाउसफूल शो हेर्दा अंदाज लगाउन सकिन्छ कि यसले १५ सय करोडको आँकडा पार गर्ने सम्भावना देखिएको छ ।

फिल्मका नायक प्रभासले आफ्नो फेसबुक पेजमा आफ्ना प्रशंसकलाई फिल्मको सफलता र उनीहरुलाई प्रेमको लागि धन्यवाद भन्दै विशेष नोट लेखेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल