संस्कृतिले विश्वमा नेपालको पहिचान गराएको छ

२४ वैशाख  |   रासस

संस्कृतिले विश्वमा नेपालको पहिचान गराएको छ

काठमाडौँ, २४ वैशाख – संंस्कृतिविद् सत्यमोहन जोशीले नेपालको परापूर्वकालदेखि विकसित हुँदै आएको संस्कृतिले विश्वमा पहिचान गराएकाले यो संस्कृतिलाई बचाउनु सबैको साझा कर्तव्य भएको बताएका छन् ।

नेपाल लोकवार्ता समाजले शनिबार आयोजना गरेको कार्यक्रममा संस्कृतिविद् जोशीले पहाड, तराई तथा मधेसमा रहेका फरक फरक संस्कृतिनै देशको पहिचान भएको बताए ।

उनले नेपालमा सन् १९६७ मा संस्कृतिसम्बन्धी नियम बनेपछि नेपाल नयाँ युगमा प्रवेश गरेको र १०० भन्दा भाषाभाषीको संस्कृतिले देशको गौरवलाई उँचो बनाएको विचार राखे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्कर अधिकारीले नेपालको संस्कृतिमा आफ्नै विशेषता रहेको बताउँदै बहुसांस्कृतिक र बहुभाषिक नेपाली समाजले पहिचानको प्रत्याभूतिका लागि राज्यमा दबाब सिर्जना गरेको चर्चा गरे ।

कार्यक्रममा संस्कृतिविद् जोशीले धिमाल लोकवार्ता तथा लोकजीवन र डिस्कोर्ष अन फोल्क नामक अङ्ग्रेजी पुस्तक विमोचन गरे ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल