स्वतन्त्र न्यायापालिकाको सम्मान गर्न विष्टको सुझाव

स्वतन्त्र न्यायापालिकाको सम्मान गर्न विष्टको सुझाव

प्रेम सुनार

गुल्मी, बैशाख २३– नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्वर ३ का सांसद गोकर्ण विष्टले सरकारलाई स्वतन्त्र न्यायपालिका र प्रधानन्याधीश सुशीला कार्कीको सम्मान गर्न सुझाव दिएका छन् ।

गुल्मीको इश्मा गाउँपालिकामा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै सरकारलाई उनले यस्तो सुझाव दिएका हुन् ।

‘सरकारले प्रधानन्यायाधिस शुसिला कार्कीलाई महाअभियोग लगाएर स्वतन्त्र न्यायपालिकाको अधिकारमाथि हस्तक्षेप गरेको छ’ उनले भने– ‘तर सर्वोच्च अदालतले अहिले प्रधानन्यायाधीस कार्कीको पक्षमा जुन फैसला गरेको छ त्यसले पुनः स्वतन्त्र न्यायपालिकाको सम्मान भएको छ ।’

महाअभियोग प्रस्ताव एमालेले कुनैै पनि हालतमा पास हुन नदिने नेता विष्टले चेतावनी दिए । कार्यक्रममा एमालेका पुर्व सांसद कमलराज श्रेष्ठ, जिल्ला अध्यक्ष मधुकृष्ण पन्त, एमाले शिक्षा विभाग प्रमुख पीएलमणी पोखरेल लगायतले चुनावी भाषण गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल