१४ वर्षे बालिकालाई विवाह गराइदिन खोज्दा …

१४ वर्षे बालिकालाई विवाह गराइदिन खोज्दा …

कपिलवस्तु, वैशाख २३– बालविवाह कानूनी रुपमा अपराध भएको थाहा हुँदा हुँदै पनि अझै बालविवाह रोकिएको छैन । मधेसका जिल्लाहरुमा बालविवाह कायमै छ ।

कपिलवस्तुस्थित साबिकको सौराहा गाविस– ९ अकबरपुर (हाल कपिलवस्तु नगरपालिका–१२) बस्ने लक्ष्मण यादवले आफ्ना १४ वर्षीया छोरी सञ्जुलाई विवाह गरिदिने तयारी गर्दै थिए ।

यादवले बालिका छोरीलाई जिल्लाकै साबिक भगवानपुर गाविस–५ (हालः कृष्णनगर नगरपालिका–१२ हथिहवागढ)का केटोसँग विवाह गर्ने तयारी गरेका थिए ।

कानून विपरित बालिका छोरीको विवाह गराइदिन खोजको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरी निरीक्षक नबिन श्रेष्ठको कमाण्डमा प्रहरी टोली शुक्रबार साँझ लक्ष्मणको घर पुग्यो ।

शुक्रबार उनकै घरबाट पक्राउ गरी प्रहरी कार्यालय ल्याइएका यादवलाई विवाह गर्ने उमेर नपुग्दासम्म छोरीको विवाह नगराइदिने सम्झौता गराई शनिवार छाडिएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल