किरा लागेपछि किसान चिन्तित

किरा लागेपछि किसान चिन्तित

बाजुरा, २३ वैशाख । तरकारी र आलुखेतीमा किरा लागेपछि किसान चिन्तित बनेका छन् ।

बारीमा लगाएको आलु, काउलीलगायतमा रोगकिरा लागेर तरकारी कुहिन थालेपछि किसान चिन्तित बनेका हुन् । सदरमुकाम मार्तडी नजिक भएका कारण आलु लगाए पनि किराले सखाप पारेको गडखेतका पारु रावलले बताए । उहाँले गहुँखेती छाडेर आलुखेती गर्नुभएको हो ।

“किरा लागेर बीउको मूल्य समेत आउने अवस्था छैन्,” उनले भने

गडखेतकै बिन्दा कठायतलगायत १८ परिवारले लगाएको तरकारीमा किरा लागेर सखाप पारेको छ ।

उनीहरुले जिल्ला कृषि विकास कार्यालयमै गएर रोग लागेको बारेमा जानकारी गराउँदा पनि त्यसको सुनवाइ नभएको किसानको गुनासो छ ।

“समस्या बुझ्ने कोही छैनन्, अब कहाँ गएर गुनासो गर्नु ?,” कठायतले भने ।

किसानले लगाएको प्याज, धनिया र लसुनबाहेक सबै जसो तरकारीमा रोगकिरा लागेको स्थानीय जङ्ग रावलले बताए ।

बडिमालिका नगरपालिका– ८ गडखेतका स्थानीयवासीले तरकारी खेतीबाटै जीवन निर्वाह गर्दैआएका छन् ।

जिल्ला कृषि विकास कार्यालका वरिष्ठ कृषि विकास अधिकृत डा रामकृष्ण श्रेष्ठले किसानलाई ‘एकीकृत शत्रुविज’ व्यवस्थापन विधि सिकाएकाले धेरैजसो समस्या समाधान आफै गर्नसक्ने बताए ।

गाईवस्तुको पिसाब सङ्कलन गरी विविन्न वनस्पतिसँग कुहाएर बारीमा छर्केपछि धेरै रोग हट्ने उनको भनाइ छ ।

रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल