बालबालिकाको प्रयोगबारे अनुगमन

बालबालिकाको प्रयोगबारे अनुगमन

रत्ननगर (चितवन), २३ वैशाख । चितवनमा स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलले चुनावी प्रचार अभियान तीव्रपारेसँगै बालबालिकाको प्रयोगबारे अनुगमन सुरु भएको छ ।

महिला तथा बालबालिका कार्यालयका प्रमुख शान्ता पौडेलले जिल्लाका सातवटै स्थानीय तहमा टोली परिचालन गरेर अनुगमन सुरु भएको जानकारी दिए ।

बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाको सहभागितामा बनाइएको समितिमार्फत अनुगमन थालिएको हो ।

कार्यालय प्रमुख पौडेलको संयोजकत्वमा बनेको अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ, भरतपुर महानगरपालिका, शिक्षक महासङ्घ, इन्सेक, जिल्ला बालकल्याण समिति, सिविन नेपाल, बाल सञ्जाल, केन्द्रिय बालकल्याण समिति र पत्रकार महासङ्घका प्रतिनिधि सहभागी छन् । उनीहरुलाई क्षेत्रगत रुपमा कार्यविभाजन गरेर अनुगमन सुरु थालिएको छ । निर्वाचन आचारसंहिताको बुँदा नं ४(ड) मा ‘निर्वाचन प्रचारप्रसार आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न र गराउन नहुने’ उल्लेख छ ।

रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल