विक्रम पवनको राष्ट्रिय भावनाको गीत सार्वजनिक

विक्रम पवनको राष्ट्रिय भावनाको गीत सार्वजनिक

काठमाडौं, बैशाख २३–कवि तथा गीतकार विक्रम पवनको राष्ट्रिय भावनाको गीत सार्वजनिक भएको छ । देशको सिमाना मिचिँदै र माँसिदै गएको भन्दै काँडेतार लगाएर जोगाउनुपर्ने भाव गितमा रहेको छ । गीतकार पवनले युट्युव मार्फत सुस्ता घट्यो गीतको भिडियो सार्वजनिक गरेका हुन् ।
नेपालको दक्षिणी सिमाना खोसिएको चिन्ता गीतमा प्रस्तुत गरिएको छ । सुगौली सन्धी अघिका नेपालका भूभागहरु सुस्ता, टिस्टा, कालापानी लुटिएको कुरालाई मार्मिक ढंगमा गीतमा प्रस्तुत गरिएको छ ।
गीतमा सिमाना हराएको चिन्तासँगै देशको अस्मिता जोगाउनका लागि नेपालीहरु बिच एकताको कामना गरिएको छ । सबै नेपालीहरु एकजुट भएर देशको अस्मिता रक्षा गर्न डटेर लाग्नुपर्ने गीतले सन्देश दिएको छ ।
संगितकार शिला बहादुर मोक्तानले एरेन्ज गरेको गीतमा दुर्गा सिंह चेम्जोङको आवाज रहेको छ । राज कुमार तामाङ्गले गीतमा संगित दिएका छन् ।
गीतको म्युजिक भिडियोमा कलाकारहरु नवल खड्का, लय संग्रौला, उत्तम केसी, सानु ताम्राकार, सुवास गजुरेल, रविन शर्मा सनम, रामगोपाल आँशुतोष र गीतकार विक्रम पवनको अभिनय रहेको छ ।
यस्तै अस्मिता खड्का, सारिका घिमिरे कृति चालिसे यसोदा नेपाली तथा निम्से भुसाल र सदिक्षा गजमेरको पनि अभिनय रहेको छ । द म्युजिक ग्यालरीले म्युजिक भिडियो तयार पारेको गीतकार बिक्रम पवनले जानकारी दिए ।
उनले यसअघि जलेको मुटु गजलसंग्रह, मौन सालिक खण्डकाव्य लगायतका कृतिहरु प्रकाशन गरिसकेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल