यी निर्देशकले बताए ‘बाहुबली टु’ का पाँच गल्ती, राजामौलीले भने, ‘ हाहा… धन्यवाद’

यी निर्देशकले बताए ‘बाहुबली टु’ का पाँच गल्ती, राजामौलीले भने, ‘ हाहा… धन्यवाद’

एजेन्सी

बैशाख २३ – एक हप्तामा ८ सय करोडभन्दा बढि कमाइ गरिसकेको फिल्म बाहुबलीका निर्देशकले सोसल मिडियामा जमेर बधाई पाइरहेका छन् । फिल्मका निर्देशक एस.एस राजामौली आफैंले सबैलाई जवाफ पनि दिइरहेका छन् ।

यस्तै एक ट्वीट साउथका निर्देशक विग्नेश शिव एनले बाहुबलीको सफलतामा गरे । तर यो ट्वीटमा उनले फिल्मको पाँच गल्ती बताए ।

आफ्नो ट्वीटमा विग्नेशले एक फोटो सेयर गरे र लेखे – लेजेन्ड राजामौलीद्वारा ‘बाहुबली टु’ मा पाँच गल्ती । मेरो झुकेर सलाम ।

विग्नेशका अनुसार फिल्मको पहिलो गल्ती यो हो कि यस्तो शानदार फिल्मका लागि केवल १ सय २० रुपैयाँ दिनु निकै कम हो । अतिरिक्त भुत्तानीका लागि एक कलेक्सन बक्स वा निर्माताको अकाउन्ट नम्बर वा ठेगाना पाउनुपर्यो ।

फिल्मको दोस्रो गल्ती यो हो कि फिल्म निकै छोटो छ । उनका अनुसार कसैले पनि यस्तो शानदार अनुभव तीन घण्टामा समाप्त होस् भन्ने चाहँदैनन् ।

फिल्मको तेस्रो गल्ती – यति धेरै पूर्णता र स–साना कुरालाई ध्यान दिएर बनाइएको कहानीले थुप्रै फिल्म निर्माताको आत्मविश्वास र सोच्ने प्रक्रियालाई समाप्त गरिदिनेछ ।

यस्तै, ट्वीटका अनुसार फिल्मको चौथो गल्ती – बाहुबली टु यो सिरिजको अन्तिम भाग (कन्क्लुजन) हुनु हुँदैनथ्यो । यसको अन्य १० भाग हुनुपर्छ । यसले हामीलाई पर्दामा अन्य ठूला चमत्कार हेर्ने मौका प्रदान गर्दथ्यो ।

विग्नेशका अनुसार पाँचौं गल्ती आउँदा दिनको स्थिती निकै अप्ठेरो हुनेछ । फिल्मले निकै ठूलो बेन्चमार्क स्थापित गरेको छ । मलाई थाहा छैन कि भारतीय सिनेमाको इतिहासमा यी रेकर्ड तोड्न कति समय लाग्नेछ ।

विग्नेशको यो ट्वीटमा एस.एस राजामौलीले जवाफ दिँदै उनलाई हाँस्दै धन्यवाद भनेका छन् । स्मरण रहोस्m विग्नेश तमिल फिल्मका निर्देशक हुन् । उनको कमेडी फिल्म नानुम राउडीधानले निकै चर्चा बटुलेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल