गुल्मीमा भीरबाट लडेर एकको मृत्यु

गुल्मीमा भीरबाट लडेर एकको मृत्यु

गुल्मी, बैशाख २३ – खानेपानी योजना मर्मत गर्ने क्रममा गुल्मी हुँगाका एक जना समाज सेवीको भिरबाट लडेर आज मृत्यु भएको छ ।
हालको छत्रकोट गाउँपालिका १ , हँुगाका ५९ वर्षिय समाज सेवी देविप्रसाद पाण्डेको निधन भएको श्रृंङ्गा प्रहरी चौकीले जनाएको छ ।

खानेपानीको मुहानमा पुगेर मर्मत गर्ने क्रममा सल्लीपिरलमा चिप्लीएर चार सय मिटर तल खसेका पाण्डे घटना स्थलमै मृत्यु भएको स्थानिय अनन्तराम भण्डारीले जानकारी दिए । उनि डाङ्गे्र हुँगा खानेपानी योजनामा गत दुई वर्ष देखि मर्मत सम्भारमा कार्यरत रहेको जनाईएको छ ।

पाण्डे लामो समय देखि नेकपा एमालेका सक्रिय कार्यकर्ता थिए । नेकपा एमालेले पाण्डेका पार्थीव शरिरमा आजै पार्टीको झण्डा ओढाएर रिडीमा सम्मान सहित अन्तिम विदाई गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल