भारतीय गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

भारतीय गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

कपिलवस्तु वैशाख २३-कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं ३ जमुवारटोलमा शुक्रवार साँझ भारतीय गाडीको ठक्करवाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
तौलिहवा-भैरहवा सडकखण्ड अन्र्तगत जमुवारटोल नजिक युपि टी ५४०५ नम्बरको डिसियम जिपले ठक्कर दिदा हथिहवा गाविस वडा नं.८ सिवबोल बस्ने वर्ष ५० का ठगे पथ्थरकटको मृत्यु भएको हो ।
गाडिको ठक्करबाट गंभिर घाइते भएका पथ्थरकटलाई उपचारका लागी जिल्ला अस्पताल तौलिहवामा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिए । मृतकको शब पोष्टमार्टम पश्र्रात परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल