रिक्सा चालकबाट पशुपति आश्रमलाई ५० हजार चन्दा

२३ वैशाख  |   रासस

रिक्सा चालकबाट पशुपति आश्रमलाई ५० हजार चन्दा

काठमाडौँ, २३ वैशाख – नवलपरासी प्रगतिनगर क्षेत्रमा २० वर्षदेखि हालसम्म रिक्सा चलाउँदै आएका ओमलाल सापकोटाले पशुपति वैदिक आश्रम ट्रस्ट, देवचुली–१५, प्रगतिनगरलाई ५० हजार चन्दा दिएका छन् ।

हाल परिवारसहित देवचुली–१४, भगवती टोलमा डेरामा बस्दै आएका सापकोटाले पिता स्व. रविलाल र माता भानुकलीको स्मृतिमा सो चन्दा दिनुभएको ट्रस्टका उत्तराधिकारी धर्मराज बरालले जानकारी दिए ।

आध्यात्मिक क्षेत्रमा रुचि राख्न थालेपछि अहिले आफूले सुखी जीवन बिताइरहेको सापकोटाले बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल