ब्लड क्यान्सरबाट पीडित परिवारलाई आर्थिक सहयोग

ब्लड क्यान्सरबाट पीडित परिवारलाई आर्थिक सहयोग

बैशाख २३, अर्धाखाँची– ब्लड क्यान्सरबाट मृत्यु भएका शिक्षकको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

जिल्लाको मालारानी गाउँ पालिका– ५ मा रहेको लाली गुराँस यूवा समाजले ब्लड क्यान्सबाट मृत्यु भएका शिक्षक बिष्णु बहादुर खड्काको परिवारलाई आर्थिह सहयोग गरेको हो । सहयोग राशी ८२ हजार पाँच सय छ ।
शिक्षक खड्का विरामीपछि उनको उपचारका लागि भन्दै रकम संकलन गरिएको थियो ।

तर, उपचारका क्रममा उनको मृत्यु भएपछि यूवा समाजले उनको परिवारलाई संकलित रकम हस्तान्तरण गरेको हो ।

समाजका अध्यक्ष बिजय भुसालले स्वर्गीय शिक्षक खड्काका छोरा सम्राट खड्कालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।

लाली गुराँस यूवा समाजले यस अघि पनि यस्ता सामाजिक काम गर्दे आएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल