आठ दिन देखि बेपत्ता शिक्षक जङ्गलमा मृत फेला

२३ वैशाख  |   रासस

आठ दिन देखि बेपत्ता शिक्षक जङ्गलमा मृत फेला

उदयपुर, २३ वैशाख – आठ दिनअघिदेखि घरबाट हिँडेर बेपत्ता हुनुभएका त्रियुगा–१० बोक्से स्थायी घर भई त्रियुगा–७ स्थित असारीको जनता निमाविमा कार्यरत ४६ वर्षीय शिक्षक जयबहादुर राई शुक्रबार साँझ मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राईे मोतीगडास्थित चाँपको जङ्गल क्षेत्रमा फेला परेका हुन् । स्थानीयवासी गोठालाले साँझपख गाईवस्तु जङ्गलबाट घर फर्काउने क्रममा राईलाई मृतावस्थामा देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए ।

दाहसंस्कार गर्न प्रहरीले मृतकका आफन्तलाई जिम्मा लगाएको उदयपुरका प्रहरी प्रमुख नरबहादुर केसीले बताए । शवका छेउमा एउटा विषादी वस्तुको सिसी भेटिएको जनाइएको छ ।

शिक्षक राईले १५ दिन अघिदेखि नै घरमा अनौठो व्यवहार देखाउन थालेका थिए । छोराको विवाह सम्पन्न भएको भोलिपल्टदेखि नै राई घरबाट बेपत्ता भएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल