पुरस्कारको रकम मुसहर बालबालिका पढ्ने विद्यालयलाई

२३ वैशाख  |   रासस

पुरस्कारको रकम मुसहर बालबालिका पढ्ने विद्यालयलाई

महोत्तरी, २३ वैशाख – युवा पत्रकार तथा समाजसेवी राजकरण महतोले पत्रकारिता पुरस्कारबाट प्राप्त १० हजार मुसहर बालबालिकाका लागि खर्च गर्ने घोषणा गरेका छन् ।

‘शिक्षाविद् रामइकवाल सिंह शिक्षा पत्रकारिता पुरस्कार २०७३’ ग्रहण गरेपछि पत्रकार महतोले सो घोषणा गरेका हुन् । उनले शिक्षा पत्रकारिताबाट प्राप्त पाँच हजार र पत्रिकाले दिएको पुरस्कार पाँच हजार गरी १० हजार धुर्मुस सुन्तलीले बनाएको एकीकृत नमुना मुसहर बस्ती बर्दिबासका बालबालिका अध्ययनरत जनता मावि बर्दिबासलाई दिने घोषणा गरेका हुन् ।

४८ लाखको लागतमा जनता माविमा बालउद्यान, बगैँचा, पार्किङस्थल, झरना जस्ता संरचनाको निर्माण भइरहेको छ । महतोले यसअघि पनि मुसहर बस्ती निर्माण गर्नका लागि १० हजार सहयोग गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल