जडिबुटीको तेल खाँदा मृत्यु

जडिबुटीको तेल खाँदा मृत्यु

दोलखा, वैसाख २२ – दोलखाको जिरी नगरपालिका–६ हाटडाँडामा जङ्गलमा पाइने जडिबुटी मछिनुको प्रशोधनबाट निकालिएको तेल खाँदा २४ वर्षका भोजबहादुर खत्रीको ज्यान गएको छ ।

औषधिको रुपमा प्रयोग गरिने मछिनुको तेल धेरै खाएकाले खत्रीको ज्यान गएको हो ।
मछिनुको तेल खाएर बिरामी परेका खत्रीलाई जिल्ला अस्पताल जिरीमा सामान्य उपचार गरी थप उपचारका लागि आज दिउँसो जिल्ला अस्पताल चरिकोट ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक प्रेमसागर केसीले जानकारी दिए । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल