वैशाख २५–३१ सम्म शिक्षण संस्था र ३१ गते सार्वजनिक बिदा

वैशाख २५–३१ सम्म शिक्षण संस्था र ३१ गते सार्वजनिक बिदा

काठमाडौँ, वैशाख २२ – सरकारले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि वैशाख २५ गतेदेखि ३१ सम्म प्रदेश नं.३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी निर्वाचनका दिन वैशाख ३१ गते सबै सरकारी कार्यालय, अर्धसरकारी र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने जनाएको छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल