नवलपरासीमा डरलाग्दो दुर्घटना, दुई घाईते

नवलपरासीमा डरलाग्दो दुर्घटना, दुई घाईते

काठमाडौं, वैशाख २२ – नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–५ मा शुक्रवार बिहान डरलाग्दो दुर्घटना भएको छ ।

महेन्द्र राजमार्गमा पर्ने घिउखोलामा पुर्वबाट पश्चिमतर्फ आईरहेको ना. १ ज ६६४३ नम्बरको कन्टेनरले पश्चिमबाट पुर्व तिर गईरहेको ना.१ ज ४६५३ नम्बरको कार र सोही दिशातर्फ गईरहेको ना. १ ज ३३९९ नम्बरको कारलाई ठक्कर दिँदा दुई जना घाईते भएका छन् ।
घाईते हुनेहरुमा ४६९३ नम्बरका कार चालक गैंडाकोट निवासी रामकाजी गुरुङ र अर्का कार चालक दिल बहादुर गुरुङ्ग रहेका छन् । घाईतेहरुका भरपुर स्थित सिएमसी अस्पतालमा उपचार भईरहेको बताईएको छ ।

दुर्घटनामा संलग्न कन्टेनर चालक फरार रहेको र उनको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीे जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल