आर्यनसँग जोडी सुहाउँछ तर मनपर्ने अभिनेता सौगात हुन् – अभिनेत्री नम्रता श्रेष्ठ

आर्यनसँग जोडी सुहाउँछ तर मनपर्ने अभिनेता सौगात हुन् – अभिनेत्री नम्रता श्रेष्ठ

काठमाडौं, वैशाख २२ –अभिनेत्री नम्रता श्रेष्ठ अहिले चर्चामा छिन् । उनको चर्चाको कारण प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पर्व’ बनेको छ । ‘पर्व’मा थ्रिलर कथावस्तुमा आधारित चलचित्र हो ।

रातोपाटी लाइभमा सरिता कार्कीसँग कुराकानी गर्दै उनले केही दर्शकका लागि फरक अभिनय दिन थ्रिलर कथावस्तुमा निर्माण भएको ‘पर्व’ अभिनय गरेको बताइन् ।

चलचित्रको यतिबेला ‘काले दाई..’ गीत चारै तिर चर्चा छ । उक्त गीत आफुले छोडेको पनि उनले बताइन् ।

नम्रता निर्देशक दिनेश राउतको चलचित्रमा बढि देखिने गरेकी छन् । कतिपयले नम्रता र दिनको सम्बन्धको बिषयमा पनि प्रश्न उठाउने गरेका छन् । यस विषयमा उनले दिनेशको चलचित्रमा काम गर्दा आफुलाई सजिलो हुने भएकोले उनकै चलचित्र बढि खेल्ने गरेको उनले बताइन् ।

स्वर्गीय निर्देशक आलोक नेवाङ निर्देशित ‘सानो संसार’बाट अभिनयमा डेब्यु गरेकी नम्रताले पहिलो चलचित्र अभिनय नर्भसनेसमै सकाएको कुराकानीमा सुनाएकी छन् ।

कसैको चाकडी चाप्लुसी बिना चलचित्र अभिनयमा डेब्यु मार्न सफल भएको बताउने उनको अभिनय प्रतिभाले टिक्न र बिक्न सकेको भनाई रहेको छ ।

मिडियामा बेलाबेलामा अभिनेत्रीको मेकअप र ड्रेसअप खर्च चर्काे हुन्छ भन्ने समाचारले प्रथामिकता पाउने गरेका छन् । नम्रताले भने मेकअपमा धेरै खर्च नगर्ने र ड्रेसअपमा एक पटकको सपिङमा दर्जन पहिरन किन्ने बताइन् ।

केही अभिनेतासँग रिलमा रोमान्स गरेकी नम्रताले आफ्नो जोडीमा आर्यन सिक्देल मात्र पर्फेक्ट देखिने बताइन् । आफूलाई सौगात मल्ल सबैभन्दा मनपर्ने अभिनेता भएको बताउने उनी जात्रा चलचित्र हेरेपछि बिपिनको पनि फ्यान भएकी छन् ।

छिट्टै अर्काे चलचित्र निर्माणको तयारीमा रहेकी नम्रताले त्यसको गृहकार्य थालिसकेकी छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल