सडक दुर्घटनामा २२ वर्षीया नायिकाको मृत्यु

सडक दुर्घटनामा २२ वर्षीया नायिकाको मृत्यु

एजेन्सी

बैशाख २२ – कन्नड अभिनेत्री रेखा सिन्धुको एक कार दुर्घटनामा मृत्यु भएको छ । उक्त घातक दुर्घटना वेल्वोरस्थित नन्द्रामल्ली नजिकै भएको हो ।

चेन्नईमा बस्ने नायिका सिन्धु बेंगलुरु गइरहेकी थिइन् र उनीसँग अन्य तीनजना पनि थिए । रेखाको घटनास्थलमा नै मृत्यु भएको हो । रेखासँगै उनीसँग यात्रा गरिरहेका अभिषेक कुमारन (२२), जयांकंन्द्रन (२३) र रक्षन (२०) को पनि मृत्यु भएको छ ।

यद्यपी, दुर्घटनाको खबर आएको थोरै समयपछि भ्रमको स्थिती पैदा भयो किनभने धेरैले  दुर्घटनामा अभिनेत्री रेखा सिन्धु नभएर रेखा कृष्णप्पा मारिएको बताए । रेखा कृष्णप्पा कन्नड फिल्म र टेलिभिजन कलाकार हुन् ।

पछि रेखा कृष्णप्पाले आफ्नो फेसबुक पेजमा एक भिडियोमार्फत आफू ठिक भएको उक्त दुर्घटनामा उनको नभई रेखा सिन्धुको मृत्यु भएको स्पष्ट पारिन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल