अति गर्ने एक फ्यानलाई हनुमानढोका पुर्याएकी छु– अभिनेत्री झरना थापा

अति गर्ने एक फ्यानलाई हनुमानढोका पुर्याएकी छु– अभिनेत्री झरना थापा

अभिनेत्रीका रुपमा राम्रो जमेकी झरना थापा अहिले निर्देशकको छवि बनाउने सुरमा छिन् । निर्माता हुँदै अभिनयमा प्रवेश गरेकी झरना ‘ए मेरो हजुर–२’ बाट निर्देशनमा डेब्यु गरेकी हुन् । यो चलचित्र अहिले पोस्ट प्रोडक्सनको क्रममा छ । होम प्रोजेक्टको चलचित्रबाट निर्देशन थालेकी उनले होम प्रोजेक्टको ‘ए मेरो हजुर’बाट अभिनेत्रीमा डेब्यु गरेकी थिइन् । स्वर्गीय शिव रेग्मीद्वारा निर्देशित चलचित्रमा उनको अभिनयले त्यतिबेला राम्रै चर्चा बटुलेको थियो । त्यसैले पनि उनले सोही नामको चलचित्रबाट निर्देशनमा डेब्यु गरेकी हुन् । ड्रिम्स अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नवनायक सलिनमान बानियाँ लगायतका कलाकार लिएर चलचित्र ‘ए मेरो हजुर–२’बनाएकी झरना चलचित्रबाट धेरै आसावादी छिन् । केही पहिले सार्वजनिक चलचिको गीतले पनि राम्रो हाइट बनाएको छ । अभिनेत्री, निर्माता, निर्देशक झरनासँग रातोपाटीले राखेको दस प्रश्नः

पछिल्लो समय केमा व्यस्त हुनुहन्छ ?
आफ्नै निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर–२’को अहिले डबिङ कार्य भइरहेको छ । चलचित्र राम्रो बनाउनदेखि प्रचार प्रसार र प्रदर्शनको समय मिलाउनमै व्यस्त भइरहेकी छु ।

सौदर्यप्रति कतिको सजक हुनुहन्छ ?
सजकै छु । यसो भन्दैमा मेकअप धेरै गर्नेमा पर्दिनँ म । नर्मल मेकअप गर्न रुचाउँछु । गाजल, लिबिस्टिक र हल्का पाउड मात्र लगाउने बानी छ । मेकअपमा धेरै समय लाग्दैन । त्यस्तै १० देखि १५ मिनेटभित्रमा सक्छु ।

शरीर कसरी मेन्टेन गरिरहनुभएको छ ?
नियमित एक्सरसाइजका लागि जिम धाउने गर्छु । योगा पनि गर्ने गरेकी छु । खानपिनमा पनि विषेश ध्यान दिने गरेकी छु ।

फेसनप्रति कत्तिको रुचि छ ?
बजारमा चलेको फेसन फलो गर्ने गरेकी छु । धेरै समय जिन्स पाइन्ट, टिसर्ट नै लगाउन सजिलो लाग्छ । वान पिस पनि लगाउने गरेकी छु । सारी लगाउन आफूलाई राम्रो लाग्छ ।

घुम्न मनपर्ने ठाउँ ?
धेरै छन् । देशको प्राकृतिक सौन्दर्यले भरिएका स्थानहरु मलाई मनपर्छ । विदेशका पनि धेरै ठाउँ छन् ।

पूरा नभएको सपना पनि होला नि ?
त्यस्तो गुनासो, पूरा नभएको सपना केही छैन । तर पनि मनमा अझै केही गर्नुपर्छ भन्ने भइरहन्छ ।

अभिनयमा नआएको भए अहिले के गरिन्थ्यो होला ?
मेरो सानैदेखिको बैङ्कमा जागिर खाने इच्छा थियो । अभिनयमा नआएको भए देशको कुनै बैङ्कमा जागिर खाँदै हुन्थे होला । अभिनयले त्यो रहर खोसेको छ ।

सुटिङ समयको भुल्न नसकेको एक घटना ?
आफ्नै चलचित्र ‘ए मेरो हजुर’को ‘बारहाते पटुकी ..’ बोलको गीत हामीले दोहामा सुटिङ गरेका थियौँ । यो समयका मेरो दाइने खुट्टामा चोट लागेको थियो । डाक्टरले १५ दिन रेस्ट गर्नुपर्छ भन्दा पनि नमानेर पेनकिल्लर खाँदै मैले सुटिङ सकाएको थिए ।

फ्यानलाई गाली गरेको अवस्था छ कि छैन ?
धेरै छन् । कहिले काहीँ आफ्नो मुड ठीक भइरहेको हँुदैन । फ्यानले फोन गरेर इरिटेज बनाउनु हुन्छ । त्यो समय अन्य काम छैन भनेर गाली पनि गरेको छु । कहिले फ्यानले चाहिनेभन्दा धेरै बढी र नचाहिँदा वर्ड पनि प्रयोग गर्नुहुन्छ । ती फ्यानलाई मैले गाली गर्र्ने गरेकी छु । भक्तपुरको एक फ्यान थिए । जसले मलाई अभद्र बोेलेको कारणले मैले केस गरेर हनुमान ढोकासम्म पर्याएकी थिए ।

मनपर्ने हिरो ?
मनपर्ने हिरो त श्रीकृष्ण श्रेष्ठ र दिलिप रायमाझी नै हो । राजबल्लभ कोइरालको अभिनय पनि निकै राम्रो लाग्थ्यो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल