यो हो विश्वको सबैभन्दा महंगो सिरानी, मूल्य ५९ लाख

यो हो विश्वको सबैभन्दा महंगो सिरानी, मूल्य ५९ लाख

नेदरल्याण्डमा आविश्कारक बनेका एक फिजियोथेरापिस्टले १५ वर्ष लगाएर सिरानी तयार गरेका छन् । यो सिरानीले सुत्नेसम्बन्धि सबै समस्या हल गर्ने उनको दाबी छ । तर, यसलाई किन्न भने ५९ लाख रुपैयाँ खर्च गर्नुपर्नेछ ।

आफूलाई घाँटीको विशेषज्ञ बताउने थिज्स भान डर हिल्सटले मल्बरी सिल्क, इजिप्टको रुवा र २४ क्यारेट सुनको कपडा प्रयोग गरेर विश्वकै महंगा सिरानी तयार गरेका हुन् ।

यसको चेनमा पनि चारवटा हिरा र २२.५ क्यारेट सफायर रहेको छ ।


हिल्सट आफ्ना क्लाइन्टहरुलाई सबैभन्दा उत्तम सिरानी तयार गर्न चाहन्छन् । मानिसहरुको शरीरको आकार र सुत्ने बानी अनुसार उनले यस्ता सिरानीहरु तयार गर्छन् ।

थ्रिडी स्क्यानरले पहिले क्लाइन्टको शरीरको आकार नापिन्छ र त्यसैको आधारमा उनीहरुको लागि उत्तम सिरानी तयार गरिन्छ । निकै जटिल प्रक्रियाबाट तयार हुने सिरानीले आफ्ना क्लाइन्टहरुलाई सुत्नका लागि सही सिरानी प्रदान गर्ने हिल्सट दाबी गर्छन् ।


यसलाई जहाँ पनि लैजानका लागि लुई भिटनको कभर पनि दिइन्छ ।

यो सिरानीलाई दुबईमा हुने प्रदर्शनीमा राखिने बताइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल