माइक्रोसफ्टले लञ्च गर्यो नयाँ अपरेटिङ सिस्टम Windows 10 S, यस्ता छन् विशेषता

माइक्रोसफ्टले लञ्च गर्यो नयाँ अपरेटिङ सिस्टम Windows 10 S, यस्ता छन् विशेषता

एजेन्सी

बैशाख २० – माइक्रोसफ्टले मे २ तारिखमा आफ्नो नयाँ अपरेटिङ सिस्टम (ओएस) विन्डोज १० एस लञ्च गरेको छ । यो ओएस शिक्षाका लागि केन्द्रित छ । यो नयाँ अपरेटिङमा पहिला देखि नै इन्स्टल गरिएका एप्लिकेशन वा विन्डोज स्टोरबाट डाउनलोड गरिएको एप्लिकेशनले मात्र काम गर्नेछ । यो माइक्रोसफ्टको तर्फबाट गुगल क्रोम ओइसको जवाफको रुपमा लञ्च गरिएको बताइएको छ जुन एक क्लाउड बेस्ड अपरेटिङ सिस्टम हो र स्कूलमा निकै चर्चित छ ।

विन्डोज १० एसलाई पीसीका लागि १८९ डलर अर्थात् १८ सय रुपैयाँमा लञ्च गरिनेछ । कम्पनीले यो विन्डोजको सबै जानकारी न्यूयोर्कमा शिक्षामा केन्द्रित एक कार्यक्रमका बेला दिएको थियो । माइक्रोसफ्टका एक्जेक्युटिभ भाइस प्रेसिडेन्ट टेरी मायर्सनका अनुसार अपरेटिङ सिस्टम निकै साधारण छ तर यसको क्षमता निकै शानदार छ । कम्पनीले एसको अर्थ ‘सोल’ (SOUL) बताएको छ । यो ओएस कक्षाकोठा भित्र र बाहिर दुबै स्थानमा रचनात्मक उपयोगिताका लागि बनाइएको छ ।

विन्डोज १० मा केवल प्रि इन्स्टल एप्स र विन्डोज स्टोरबाट डाउनलोड गरिएका एप्समात्र चल्नेछन् । मायर्सनले यस्तो सेफ्टी र सेक्युरिटीका लागि गरिएको जानकारी दिए । उनले अफिस ३६५ चाँडै नै विन्डोज स्टोरमा आउने बताएका छन् । विन्डोज १० एस भविष्यमा आउने मिक्स्ड रियालिटी हेडसेट र अन्य बाँकी टेक्नोलोजीसँग पनि काम गर्नेछ ।

यदि कुनै अपरेटिङ सिस्टममा विन्डोज स्टोरमा नभएका सफ्टवेयर इन्स्टल गर्ने कोसिस गरे विन्डोजले त्यसको बदलामा त्यस्तै प्रकारको एपको जानकारी आफैंले दिनेछ । यद्यपी, यदि एडमिनिस्ट्रेटरलाई विन्डोज स्टोरमा उपलब्ध नभएका एप्स प्रयोग गर्नुपर्छ जस्तो लागेको स्थितीमा प्रयोगकर्ता विन्डोज १० प्रोका लागि अपग्रेट गर्न सक्छन् ।

विन्डोज १० एसलाई कुनै पनि ल्यापटपमा प्रयोग गर्न सकिन्छ जसमा नियमित विन्डोज १० चल्दछ । माइक्रोसफ्टले यो नयाँ अपरेटिङ सिस्टमका लागि Acer, Asus, Dell, Fujitsu, HP, Samsung  र Toshiba सँग पार्टनरशिप गरेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल