एफबीआईकी अनुवादक आइएस चरमपन्थीसँग विवाह गर्न यसरी पुगिन् सिरिया

एफबीआईकी अनुवादक आइएस चरमपन्थीसँग विवाह गर्न यसरी पुगिन् सिरिया

बीबीसी

बैशाख २० – अमेरिकी गुप्तचर एजेन्सी (एफबीआई) ले सिरिया गएकी एक अनुवादकले इस्लामिक स्टेटका चरमपन्थीसँग गोप्य रुपमा विवाह गरेको पुष्टि गरेको छ । इस्लामिक स्टेटका लागि लडाकुको भर्ना गर्ने यी व्यक्तिको अनुसन्धान जिम्मा ती अनुवादकलाई दिइएको एफबीआईले जानकारी दिएको छ ।

एफबीआईले उक्त घटनापछि सुरक्षाको दृष्टिकोणले संवेदनशीलताको पहिचान र न्यूनिकरणका लागि थुप्रै क्षेत्रमा विभिन्न कदम उठाइएको जानकारी बीबीसीलाई दिए ।

अमेरिकी न्यूज च्यानल सीएनएनका अनुसार ड्यानियल ग्रीनले आफ्ना अधिकारीसँग सन् २०१४ मा गरिएको सिरिया यात्राबारे झुटो बोलेकी छिन् ।

३८ वर्षीया ग्रीन जब भागेर अमेरिका फिर्ता भइन् तब उनलाई दुई वर्षको जेल सजायँ तोकियो ।

एक अमेरिकी न्यायाधीसले उनको कहानी गोप्य राख्नका लागि आदेश दिएका थिए । यद्यपी, सोमबार पहिलो पटक उनीबारे पर्दाफास भयो जब संघीय अदालतको दस्तावेजलाई खोलियो ।

ग्रीनले जोसँग विवाह गरेकी थिइन् उनको नाम डेनिस कुस्पर्ट हा र उनी एक जर्मन र्यापर थिए जो पछि आइएसका लागि मानिस भर्ना गर्न थाले ।

फेब्रुअरी सन् २०१५ मा अमेरिकी सरकारले उनलाई वैश्विक आतंकवादी घोषणा गर्यो । प्रचारका लागि बनाइएको एक भिडियोमा उनलाई एकैछिन अघि मारिएका ए व्यक्तिको टाउको हातमा लिइरहेको देख्न सकिन्छ ।

ग्रीन एफबीआईको डेट्रोयट फिल्ड अफिसमा काम गर्दथिन् । सिएनएनका अनुसार सन् २०१४ को फेब्रुअरीमा उनलाई कुस्पर्टको अनुसन्धानको लागि काम सुम्पियो ।

६ महिनापछि जर्मन बोल्ने ग्रीनले सिरिया गएर उनीसँग विवाह गरिन् ।

चेकोस्लोभाकियामा जन्मिएकी ग्रीनले आफ्ना अधिकारीलाई उनी आफ्ना आमा–बुवालाई भेट्न जर्मन जान लागेको बताएकी थिइन् ।

तर जर्मन जानुको साटो उनी टर्की पुगिन् जहाँ एक स्थानीय आइएस कार्यकर्ताको मद्दतले सिरियाली सीमामा पुगिन् ।

त्यतिबेला ग्रीनले एक अमेरिकी अधिकारीसँग विवाह गरिसकेकी थिइन् ।

सिरिया पुगेको केही दिन पछि नै सन् २०१४ को जूनमा उनले कथित रुपमा कुस्पर्टसँग विवाह गरिन् ।

यसैबिच कुस्पर्टले आफ्नो स्टेज नाम डेसो डग छोडिदिएका थिए र आफूलाई अबू ताल्हा अल अल्मानी भन्न थालेका थिए ।

यद्यपी, ग्रीनलाई चाँडै नै आफ्ना नयाँ श्रीमानबारे दोस्रो बिचार आउन थाल्यो । सिएनएनका अनुसार उनले अमेरिकामा एक अज्ञात व्यक्तिलाई लेखिन्, ‘मैले वास्तवमा नै अहिले सबै कुरा अस्तव्यस्त बनाएको छु ।’  अर्को दिन उनले लेखिन्, ‘म जाँदै छु र म फिर्ता हुन सक्दिनँ ।’

सिरिया गएको एक महिना पछि नै उनी त्यहाँबाट भागिन् र अमेरिका फर्किइन् ।

सिएनएनका अनुसार ग्रीनले कुस्पर्टसँग आफू एफबीआईको निशानामा भएको बताएकी थिइन् । यद्यपी, अहिले यो स्पष्ट भएको छैन कि आइएसको कब्जा भएको इलाकाबाट भाग्न उनी कसरी सफल भइन् ।

ग्रीनले सन् २०१४ मा डिसेम्बरमा अन्तर्राष्ट्रिय चरमपन्थी बारे झुटो बोलेको गल्ती स्विकार गरिन् । अमेरिकाको संघीय जेलमा दुई वर्षको सजायँ काटेपछि पछिल्लो वर्ष उनी रिहा भइन् ।

अब उनी कुनै अज्ञात स्थानमा एक होटलमा होस्टेसको काम गरिरहेकी छिन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल