उत्तर कोरियाविरुद्ध अमेरिकाले लगाएको के हो थाड मिसाइल सिस्टम ?

उत्तर कोरियाविरुद्ध अमेरिकाले लगाएको के हो थाड मिसाइल सिस्टम ?

बीबीसी

बैशाख २० – उत्तर कोरियासँग बढिरहेको तनावबिच अमेरिकी सेनाले आफ्नो विवादित थाड मिसाइल डिफेन्स सिस्टम दक्षिण कोरियामा तैनाथ गरेको छ ।

यो डिफेन्स सिस्टमले उत्तर कोरियाको परमाणुलाई रोक्नका लागि सक्षम हुने बताइएको छ । यद्यपी, अहिलेसम्म यो मिसाइल सिस्टम पूर्ण रुपमा परिचालन भएको छैन, यसको लागि अझै केही महिना लाग्ने बताइएको छ ।

पछिल्लो केही महिनामा उत्तर कोरियाले लगातार चेतावनी दिइरहेको छ । यतिमात्र नभई अमेरिकी युद्धपोत र पनडुब्बी पनि उक्त इलाकामा तैनाथ छन् र तनावको स्थिती छ ।

उत्तर कोरियाले ताजा अमेरिकी सैन्य अभ्यासमा कडा आपत्ति जनाउँदै अमेरिका उक्त इलाकामा परमाणु युद्धजस्तो स्थिती बनाउने कोशिस गरिरको बताएको छ ।

यद्यपी, एक दिन पहिले मात्रै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनी उत्तर कोरियाका राष्ट्रपति किम जोंग उनसँग ‘ठिक परिस्थितीमा’ मा भेट्न पाए गर्वको महसुस हुने बताएका थिए ।

अमेरिकाले एक हप्ता पहिले नै आफू थाड मिसाइल प्रणाली लागु गर्ने बताएको थियो । यो सन् २०१७ को अन्त्यसम्म पूर्ण रुपमा सूचारु हुने अनुमान गरिएको छ ।

थाडको तैनाथः

थाड मिसाइल सिस्टम अर्थात् टर्मिनल हाई एल्टीट्युड एरिया डिफेन्स । यसलाई दक्षिण कोरियाको सियोंग्जूमा स्थापित गरिएको छ र यसलाई लगाउने क्रममा मानिसहरुले यसविरुद्ध उग्र प्रदर्शन गरेका थिए ।

अमेरिकी बलका प्रवक्ताका अनुसार यो प्रणालीको मद्दतले कोरियाली गणतन्त्रको सुरक्षा सुनिश्चित हुनेछ ।

यद्यपी, अमेरिकाकै एक अन्य रक्षा अधिकारीले एएफपीसँगको कुराकानीमा उक्त प्रणाली अहिले सुरुवाती अवस्थाा भएको र यसलाई फूलप्रुफ बनाउनमा केही समय थप लाग्ने बताएका छन् ।

यद्यपी, विरोध गरिरहेका स्थानीयले यो प्रणाली तैनाथ गरेपछि इलाकामा हमलाको सम्भावना बढेको बताएका छन् ।

चीनको विरोधः

उता चीनले पनि यो प्रणालीको कडा विरोध गरेको छ र उक्त प्रणाली चीनको सैन्य अभियानमा खलल पैदा गर्न सक्ने सम्भावना व्यक्त गरेको छ ।

चीनले आफ्नो हितको रक्षाका लागि आवश्यक कदम उठाउने बताएको छ ।

पछिल्लो वर्ष जब थाड प्रणाली कोरियामा तैनाथ गरिने बारे अमेरिकाले जानकारी दिएको थियो उत्तर कोरियाले यसको आलोचना गर्दै यसको कडा जवाफ दिने बताएको थियो ।

के हो थाड मिसाइल प्रणालीः

– यो प्रणाली मध्यम रेन्जको ब्यालेस्टिक मिसाइललाई उडानको सुरुवाती अवस्थामा खसाल्न सक्षम छ ।

– यसको प्रविधी ‘हिट टु किल’ अर्थात् अघि बढिरहेको हतियारलाई रोक्ने मात्र नभई नष्ट गरिदिन्छ ।

– यो २ सय किलोमिटर टाढा सम्मको र १ सय ५० किलोमिटरको उचाईसम्म क्षती पुर्याउन सक्षम छ ।

– अमेरिकाले गुवाम र हाइटीमा पनि यसलाई तैनाथ गरेको थियो  ता कि उत्तर कोरियाको हमलाबाट यी इलाकालाई बचाउन सकियोस् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल