बङ्गलबादेशमा आँधी, सातको मृत्यु

बङ्गलबादेशमा आँधी, सातको मृत्यु

ढाका, १९ बैशाख । बङ्गलादेशमा सोमबार राति आएको शक्तिशाली आँधीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ भने, अन्य दर्जनौं घाइते भएका अधिकारहले मङ्गलबार जानकारी दिएका छन ।

रातीको समय केही घण्टासम्म चलेको यस आँधीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको बताइएको छ । बङ्गलादेशको राजधानी ढाकाबाट करिब २५६ किलोमिटर दक्षिणमा पर्ने राजसाही जिल्लामा सो आँधीमा परी चार व्यक्तिको मृत्यु भएको बताइएको छ ।

त्यसैगरी राजसाही जिल्लामा भएको अन्य तीन जना घाइतेहरु भने राजसाही मेडिकल कलेज हस्पितलमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको छ ।

यस आँधीको कारण उक्त जिल्लामा रेल मार्ग, यातायतलगायत निर्माणाधिन अवस्थामा रहेका भवनहरु समेत क्षतिग्रस्त भएका छन् । रासस/सिन्ह्वा

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल