फ्रान्सेली राष्ट्रपतिको उम्मेदवारमाथि भाषण चोरेको आरोप

फ्रान्सेली राष्ट्रपतिको उम्मेदवारमाथि भाषण चोरेको आरोप

एजेन्सी

पेरिस, वैशाख १९ – फ्रान्सेली राष्ट्रपतिकी उम्मेदवार ले पेनले सोमबार दिएको भाषण पराजित उम्मेदवार फ्रान्सिस फिलोनको भाषणबाट चोरेको आरोप लागेको छ ।

उत्तरी पेरिसमा रहेको भिलेपिन्टेमा पेनले दिएको भाषणको अंश फिलोनले गत १५ अप्रिलमा दिएको भाषणको हुबहु रहेको थियो ।

ले पेनले आइतबार इमानुएल मार्कोनसँग निर्वाचनको अन्तिम चरणमा भिड्दै छिन् ।


रिडिक्युल टिभी नामक युट्युव च्यानलले दुई वटा भाषणमा रहेको समानता औँल्याएको थियो ।

दुईवटा भाषणलाई सँगसँगै बजाउँदै आफ्ना दर्शकहरुलाई यस विषयको छिनोफानो गर्न आग्रह गरेको छ । टिभीले ले पेनले भाषण चोरेको आरोप लगाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल