पाकिस्तानले हाम्रो सेनाको हत्या गरी शव टुक्राटुक्रा बनायो : भारत

पाकिस्तानले हाम्रो सेनाको हत्या गरी शव टुक्राटुक्रा बनायो : भारत

नयाँ दिल्ली, वैशाख १९ – भारतले पाकिस्तानमाथि विवादीत क्षेत्र कस्मिरमा आफ्ना दुई सेनाको हत्या गरी शव टुक्राटुक्रा पारेको आरोप लगाएको छ ।

भारतीय सेनाले सोमबार विवादीत क्षेत्रको पेट्रोलिङमा रहेका आफ्ना सेनामाथि पाकिस्तानी सेनाले आक्रमण गरेको आरोप लगाएको हो ।

शवलाई टुक्राटुक्रा पार्नु ‘गैरसैन्य’ हर्कत भएको बताएको छ ।


यता, पाकिस्तानले भने आरोपको खण्डन गर्दै आफ्नो सेना व्यवसायिक रहेको र सेनाको अपमान नगर्ने बताएको छ ।

भारतका रक्षामन्त्री अरुण जेटलीले भने उक्त कार्य अमानवीय भएको र यस्तो कार्य युद्धको समयमा पनि नहुने बताएका छन् ।

उनले भारतीय सेनाले यसको जवाफ दिने पनि बताए ।

यता, हिंसा भड्किएपछि भारत प्रशासित कस्मिरमा चुनाव रद्द गरिएको छ ।

गत अप्रिल ९ देखि त्यहाँ प्रदर्शन भइरहेको छ ।

–बिबिसी

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल