शिक्षा नीति उलंघन गर्दै पर्साका बोर्डिङ स्कुल

शिक्षा नीति उलंघन गर्दै पर्साका बोर्डिङ स्कुल

वीरगन्ज, बैशाख १८ – पर्सा जिल्लामा सञ्चालनमा रहेका केहि निजी विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रमा दर्ता नभएका पुस्तक बालबालिकालाई पढाउने गरेको पाइएको छ । प्याब्सन पर्सासँग आबद्ध माउन्ट हर्मन, गौतम, मनकामना, विद्यासदन,सनराइज, मास्कोट लगायत १३ वटा विद्यालयहरुले नेपाल सरकारको शिक्षा नीति विपरितका पाठ्यक्रम पढाईरहेको पाइएको हो ।

पुस्तकको कमिशनको लोभमा परी नेपाली पाठ्यक्रममा दर्ता नभएका भारतीय बजारका पुस्तकहरु ल्याएर कक्षा सञ्चालन गरीरहेको
अभिभावक सुनिल पटेलको गुनासो छ । प्याब्सन पर्सामा आवद्ध रहेका निजी विद्यालयहरुले फ्रेड्ढ प्रकाशनको ग्रो विद ग्रामर, म्याकमिलन प्रकाशनको लिटिल रिडर्स लगाएतका पुस्तकहरू अध्यापन गराइरहेका छन् ।

नेपाली बजारमा त्यस्ता किताब नपाईने हुँदा अभिभावकहरु विद्यालयले तोकेकै स्टेशनरीमा गएर चर्को मुल्यमा किताब खरीद गर्न बाध्य भईरहेका छन् । नेपालको शिक्षा नियमावलि अनुसार पाठ्यक्रम विकास केन्द्रमा दर्ता भएको पुस्तक मात्र विद्यालयहरुले पढाउनुपर्ने व्यवस्था छ । तर कमशिनको खेलमा परी उल्लेखीत विद्यालयहरुले शिक्षा नीतिलाई लत्याइरहेका छन् ।

नेपाली पाठ्यक्रम निति विपरीत भारतीय पुस्तकहरु लागु भएको विषयमा पुस्तक तथा स्टेशनरी महासङ्घ पर्साका अध्यक्ष नरेश रौनियारले भारतीय प्रकाशनका यी पुस्तकहरूमा वीरगंजका विद्यालयमा लागू भएपछि यहाँका पुस्तक व्यवसायीलाई पनि समस्या परेको बताए ।

प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साहले किन र कसरी भारतीय पुस्तक लागु भयो भन्ने विषय आफुृलाई थाहा नभएको प्रतिकृया दिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल