ती ६ कारण जसले उत्तर कोरियालाई बनायो ‘अछुतो’

ती ६ कारण जसले उत्तर कोरियालाई बनायो ‘अछुतो’

बीबीसी

बैशाख १७ – दशकौंदेखि उत्तर कोरियाली समाज संसारको सबैभन्दा काटिएको र रहस्यमयी समाज बनेको छ ।

मानिसहरु यसलाई ‘हर्मिट रेन’ वा भिन्न शासनकालको संज्ञा दिन्छन् र यहाँका नेतालाई ‘अबुझ’ बताउँछन् ।

जबकी उत्तर कोरियाका अनुसार अन्तर्राष्ट्रिय समूदाय, संसारको लागि आज सबैभन्दा खतरा बनेको छ ।

परमाणु शक्ति बनाउने महत्वाकांक्षा, नागरिकमाथि हुने दमन र अन्तर्राष्ट्रिय समूदायको तर्फबाट लगाइएको कडा प्रतिबन्धका कारण यसलाई ‘अछुत’ राज्य’ को रुपमा देखिन्छ ।

वास्तवमा उत्तर कोरिया र यहाँका नेता अर्थात् किम वंशमाथि अमेरिकासमेत बाँकी दुनियाँका कुनै पनि धम्कीको असर परेको छैन ।

करिब अढाई करोडको जनसंख्या रहेको यो देश किन ‘अछुतो’ बन्यो भन्ने विषयमा बीबीसीले छलफल गरेको छ ।

१. डेमोक्रेटिक पिपल्स रिपब्लिक अफ कोरियाको उदयः

सन् १९०५ देखि नै कोरियाली प्रायद्वीपमा नियन्त्रण राख्ने जापान दोस्रो विश्वयुद्धमा हारेपछि अमेरिका र तत्कालीन सोभियत संघबिच यहाँ दुबै देशको कब्जा हुनुपर्ने सम्झौता भयो ।

प्योंगयाङमा बेलायतका प्रथम राजदूत र वर्तमान विदेश सचिव जेम्स होएर भन्छन्, ‘प्रायद्वीपलाई बाँड्नका लागि अमेरिकाको नक्शामा एक रेखा खिचियो र यहाँबाट दुई देशको जन्म भयो ।’

उत्तरी हिस्सामा सोभियत संघ र दक्षिणी हिस्सामा अमेरिकाको कब्जा हुने तय गरियो ।

यसप्रकार किम –२ सुंगको नेतृत्वमा डेमोक्रेटिक पिपल्स रिपब्लिक अफ कोरियाको कम्युनिष्ट सरकार अस्तित्वमा आयो ।

तर अमेरिका र सोभियत संघमा बढिरहेको तनाव बिच उत्तर र दक्षिण कोरियामा युद्ध भयो र दुबै देशबिचको तनाव चरमबिन्दुमा पुग्यो ।

२. उत्तर र दक्षिण कोरियाबिच तनावः

त्यतिबेला अमेरिकाले उत्तर कोरियाको लगभग पूरै आकाशमा कब्जा गर्यो र भारी बमबारी गर्यो जसमा देशले अत्यधिक नोक्सानी व्यवहोर्नु पर्यो र धेरैको ज्यानसमेत गयो ।

आज पनि यहाँका बच्चालाई यो विनाश बारे पाठ्यक्रममार्फत पढाइन्छ ।

दुबै देशबिचको युद्धलाई त्यतिबेलाका दुई महाशक्तिबिचको ‘प्रोक्सी वार’ को उदाहरण मानियो ।

यद्यपी, दुबै देशको एकीकरणको कुरा चलिरह्यो तर कुनै निष्कर्ष निस्किएन ।

त्यतिबेलादेखि दुबै देशबिच युद्ध जस्तो तनावको स्थिती बनिरह्यो ।

कोलम्बिया विश्वविद्यालष्का कोरियाली रिसर्च सेन्टरसँग जोडिएका चार्ल्स आर्मस्ट्रंगका अनुसार उत्तर कोरियाली समाज एक स्थाई रुपमा युद्धको मानसिकता भएको देश हो ।

३. युद्ध पछि उत्तर कोरिया कसरी बचिरह्यो ?

सन् १९७० को दशकसम्म उक्त देशले चीन, सोभियत संघ र पूर्वी युरोपेली देशबाट निकै आर्थिक मद्दत पाइरहेको थियो ।

जापानी शासनको क्रममा यहाँ औद्योगिक विकाश धेरै भएको थियो । साथै दक्षिणभन्दा यसलाई धेरै धनी इलाका मानिन्थ्यो ।

क्षेत्रीय तनावका कारण कोरिया गुटनिरपेक्ष आन्दोलनको सक्रिय सदस्य थियो ।

सन् १९६० को दशकको अन्तिममा उत्तर कोरियाको जीडीपी दक्षिण कोरियाभन्दा धेरै थियो । सन् १९७० को दशकमा यो अन्तर समाप्त भयो ।

४. अलग्गिनुको के अर्थ ?

चीन राज्य समर्थित पूँजीवाद तर्फ अघि बढ्यो र उसले पनि उत्तर कोरियासँग माफी माग्यो ।

किम–टु सुंगको पालादेखि नै यहाँका तीन बलिया नीति थिए – राजनीतिक स्वतन्त्रता, आर्थिक आत्मनिर्भरता र सैन्य स्वायत्तता ।

५. के परमाणु शक्ति बन्ने महत्वाकांक्षा अन्तर्राष्ट्रिय रोषको कारण ?

नब्बेको दशकमा उत्तर कोरियाको परमाणु कार्यक्रमको संकेत पाउन थालिएको थियो, जसले संसारको कान ठाडा भए ।

त्यतिबेला प्योंगयांगले एनपीटी सम्झौतामार्फत् आफूलाई अलग्गाएर आफूसँग परमाणु हतियार भएको घोषणा गर्यो ।

सन् २००२ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशले उत्तर कोरियालाई  ‘दुष्कर्मको धुरी’ भएको देश भनी नामांकरण गर्यो ।

यद्यपी, राजनीतिक र आर्थिक दबाब दिँदै परमाणु कार्यक्रम त्याग्नका लागि उत्तर देशलाई निकै मनाइयो तर यसले कुनै रंग ल्याउन सकेन ।

देशमा थुप्रै अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्यो र देशको अर्थव्यवस्थाका लागि महत्वपूर्ण कोइला निर्यातमा पनि प्रतिबन्ध लगाइयो ।

यद्यपी, जेम्स होएरका भन्छन्, ‘क्लिंटनको कार्यकालमा उत्तर कोरियाको परमाणु अड्डामाथि हमलाको रणनीतिमाथि विचार गरिएको थियो तर त्यतिबेला यसको खतरा अत्यधिक भएको मानियो ।’

६. के उत्तर कोरियाले संकटको हल निकाल्न पाउनेछ ?

अहिलेका उत्तर कोरियाली नेता किम जोंग ऊनसँगको वार्ता गर्न असम्भव मानिएको छ किनभने उनलाई मूर्खको रुपमा लिइन्छ ।

संयुक्त राष्ट्र नयाँ अमेरिकी राजदूत निक्की हेलीले उनलाई यस्तै भनेको थिए ।

तर विशेषज्ञका अनुसार आफ्नो सुरक्षाका लागि परमाणु हतियार हाँसिल गर्ने कोसिस गर्नु मूर्खता कदापी होइन ।

सियोलमा योनसेई युनिभर्सिटीका प्रोफेसरले बीबीसीसँग भने, ‘किम जोंग ऊनसँग आफ्नो सुरक्षाका लागि कोही सहयोगी छैनन् । जबकी उनको अगाडि आक्रामक महाशक्ति छन् जसले अहिलेको दिनमा संसारभरी थुप्रै स्वायत्त देशमा हमला गर्यो ।’

उनका अनुसार इराकमा भएको हमलापश्चात् उत्तर कोरियाले यो पाठ सिक्यो कि यदि सद्दाम हुसेनले सामूहिक नरसंहारको हतियार राखेको भए उनको हत्या हुँदैनथ्यो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल