नोकिया एट यस वर्षको सबैभन्दा शानदार स्मार्टफोन, यस्तो छ कारण

नोकिया एट यस वर्षको सबैभन्दा शानदार स्मार्टफोन, यस्तो छ कारण

एजेन्सी

बैशाख १७ – नोकिया यो वर्ष थुप्रै स्मार्टफोन सार्वजनिक गर्दैछ जसमध्ये कुनै बजारमा आइसकेका छन् । कम्पनीले सबैभन्दा पहिले आफ्नो एन्ड्रोइड स्मार्टफोनलाई चीनमा पेश गरेको थियो । त्यसपछि अब नोकियाको ३३१० फिचर फोन लञ्च भएपछि चर्चामा रह्यो ।

एचएमडी ग्लोबलसँग नोकिया थुप्रै स्मार्टफोनमा काम गरिरहेको छ । जसमध्ये थुप्रै फोन चाँडै नै सार्वजनिक हुने आशा गरिएको छ । कम्पनीले आफ्नो स्मार्टफोन नोकिया थ्री, नोकिया फाइभ र नोकिया सिक्सलाई पहिले नै सार्वजनिक गरिसकेको छ । अब सार्वजनिक हुन लागेको नोकियो स्मार्टफोनमा नोकिया सेभेन, नोकिया एट र नोकिया नाइन समावेश छन् ।

यी स्मार्टफोन हार्ड एण्ड रेन्जको स्मार्टफोन हुनसक्ने अनुमान गरिएको छ । कम्पनीले पहिले नै मिड रेन्ज र बजेट रेन्जमा फोन सार्वजनिक गरिसकेका छ । अब कम्पनीका यी नयाँ स्मार्टफोनमा कस्ता विशेषता दिइएका छन्, त्यो भने हेर्न बाँकी छ ।

नोकियो एटको कुरा गर्ने हो भने यसलाई कम्पनीको सबैभन्दा शानदार फोन मानिएको छ । आउनुहोस् यो फोनबाट अहिलेसम्म के आशा गरिएको छ, त्यो हेरौंः

एन्ड्रोइड ७.० नौगटः

चाँडै नै बजारमा सार्वजनिक हुन लागेको नोकियाको नयाँ स्मार्टफोन एट एन्ड्रोइड ७.० नौगट अपरेटिङ स्सिटममा काम गर्नेछ । लेटेस्ट एन्ड्रोइड भर्सन भएका कारण यो फोनमा एन्ड्रोइडका सबै लेटेस्ट फिचर हुनेछ ।

स्न्यापड्रेगन ८२१ प्रोसेसर र ४ जीबी र्यामः

हार्डवेयरको कुरा गर्नुपर्दा यो फोन दुई प्रोसेसर भेरियन्टमा सार्वजनिक हुनेछ । यसको एक मोडलमा स्न्यापड्रेगन ८२१ प्रोसेसर हुनेछ र यसमा ४ जीबी र्याम दिइनेछ । यो मोडलको मूल्य अन्यभन्दा थोरै कम हुनसक्छ ।

स्न्यापड्रेगन ८३५ प्रोसेसर र ६ जीबी र्यामः

फोनको दोस्रो भेरियन्ट पनि हुनेछ जसमा स्न्यापड्रेगन ८३५ प्रोसेसर दिइनेछ । यो फोन सिक्स जीबी र्यामसँगै आउनेछ । अर्थात्, फोनको दुबै भेरियन्टले निकै राम्रोसँग काम गर्नेछ ।

६४/१२८ जीबि इन्टरनल स्टोरेजः

रिपोर्टका अनुसार यो फोन ६४ जीबी र १२८ जीबीको दुई भेरियन्टमा आउनेछ । फोनको इन्टरनल मेमोरी राम्रो भए फोनले राम्रो काम गर्न सक्छ ।

भर्टिकल डुअल क्यामरा सेटअपः

रिपोर्टका अनुसार यो फोन डुअल क्यामरा सेटअपसँगै आउनेछ । फोनमा २३ एमपी रियर क्यामरा दिन सकिन्छ जुन कार्ल जिस अप्टिक्ससँगै आउन सक्छ । यो फोनको सेकेन्डरी क्यामरा १२ एमपीको हुनसक्ने सम्भावना रहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल