दुई विद्यालयमा छात्रवृत्तिका लागि अक्षयकोष

१२ वैशाख  |   रासस

दुई विद्यालयमा छात्रवृत्तिका लागि अक्षयकोष

पोखरा, १२ वैशाख – पोखराको रामबजार निवासी एक रञ्जित परिवारले पोखराका दुई सामुदायिक विद्यालयमा छात्रवृत्तिका लागि छ लाखको अक्षयकोष स्थापना गरेका छन् ।

पोखरा रामबजारस्थित कालिका उच्च माविमा चार लाख र पोखरा बसपार्कस्थित सहारा आधारभूत विद्यालयमा दुई लाखको अक्षयकोष स्थापनाका लागि सोमबार रकम हस्तान्तरण गरियो ।

-सो ठाउँ निवासी वैकुण्ठ रञ्जित, शिव रञ्जित, सुदर्शन रञ्जित र विजय रञ्जितले आफ्ना स्व पिता हरिगोपाल रञ्जित र आमा गणेशमाया रञ्जितको नाउँमा उक्त रकम विद्यालयलाई अक्षयकोषका लागि हस्तान्तरण गरे ।

-चार दाजुभाइले आफ्ना पिता स्व हरि गोपालको ४५ औँ दिनको तिथि पारेर सोमबार गरिब तथा जेहेन्दार विद्यार्थीलाई थप अध्ययन-अध्यापनका लागि विद्यालयलाई उक्त रकम प्रदान गरिएको हो ।

-अक्षयकोषबाट प्राप्त ब्याजले कालिका उच्च माविमा कक्षा ९ देखि १२ कक्षासम्मका र सहारा विद्यालयमा कक्षा ९ मा अध्ययन गर्र्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल