तीन वर्षको विश्रामपछि फेरि पलेँटी श्रृंखला

तीन वर्षको विश्रामपछि फेरि पलेँटी श्रृंखला

काठमाडौं, बैशाख ११ –आधुनिक नेपाली संगीतको विकासक्रम सम्झाउने र यसको स्वर्णीमकालको उपासना उदेश्य बोकेको ‘पलेँटी श्रृंखला’ फेरि सुरुहुने भएको छ ।

सर्जकहरुको सम्मान उनीहरुकै उपस्थितीमा गरिने यो कार्यक्रम झण्डै तीन वर्षको विश्राम पछि सुरु हुन लागेको हो ।
अंग्रेजी क्यालेन्डर अनुसार हरेक महिनाको अन्तिम शुक्रबार आयोजना हुने गरेको यो श्रृखला २८ अप्रिल (बैशाख १५ गते)बाट पुनः थालनी हुनेछ ।
कालिकास्थान स्थित पुरानै कक्ष आरशालामा हुने श्रृखलामा यसपटक कवि तथा गीतकार दिनेश अधिकारी प्रस्तुत हुनेछन् । अधिकारीका शब्दका गीत नारायणगोपाल र तारादेवीदेखि नयाँ पुस्ताका गायक सम्मले गाइका छन् ।
नेपालयले सुरु गरेको श्रोता र सर्जकको सम्वन्धलाई निकट र सौहाद्र्रपूर्ण बनाउने यो कार्यक्रम २००५ बाट सुरु भएको थियो । ४१ जना कलाकार प्रस्तुत भएको कार्यक्रम पुराना गायक एवं संगीतकार प्रकाश गुरुङ र उनकी गायिका छोरी रिमा गुरुङ होडाको संयुक्त प्रस्तुतीपछि सन् २०१४ को जुलाइ महिनादेखि पलेँटी श्रृंखला थामिन पुगेको थियो ।
फेरि सुचारु हुनपुगेको पलेँटी श्रृंखलामा गीतकारहरुका सिर्जनालाई गायक आभास, गायिका मिना र योगेन्द्रले सुनाउने छन् । नयाँ वाद्यवादन टोलीको समेत पुनर्संयोजन गरिएको पलेँटी श्रृंखलाका निम्ति नेपालयकै आरशालामा अभ्यास थालनी भइसकेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल