फोनिज युकेको प्रशिक्षण सम्पन्न

फोनिज युकेको प्रशिक्षण सम्पन्न

युके, बैशाख १० –नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ, (फोनिज) युकेको एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पत्रकार नरेश खपाङ्गीले आधारभूत पत्रकारिता र युकेमा नेपाली पत्रकारिता विषयक प्रशिक्षण दिएको कार्यक्रममा सिनियर पत्रकार सोनाम छिरिङ शेर्पाले रेडियो पत्रकारितामा हासिल गरेको अनुभव बाडेका थिए ।

त्यस्तै गरि आमन्त्रित केन्ट्रीस एक्सप्रेसका पत्रकार एैडन बरलोले युकेको पत्रकारिता बारेमा विस्तृत जानकारी र पत्रकारिताका नियम कानुन एवं गोर्खालीहरुका बारेमा चासो गरिएको विषयहरुको बारेमा जानकारी गराए ।
कार्यक्रममा जनजाति महासङ्घका वरिष्ठ उपाध्यक्ष जंग सुनुवार, महासचिव कर्म पहाडी शेर्पा, जनजाति महासङ्घका पूर्व अध्यक्ष सिरीप्रसाद लिम्बु, आसफोर्ड नेपलिज कम्युनिटीका महासचिव डम्बर सिंगक, एनआरएन युकेका प्रवक्ता खुसि लिम्बु लगायतले गुनासा, जिज्ञासा र सुझाव राखेका थिए । फोनिजमा आबद्ध ११ जातिय उत्थान पत्रकारहरु संगठनहरुलाई युकेमा समेत स्थापना गर्ने सिलशिलामा लिम्बु पत्रकार सङ्घ युकेको संयोजकमा पत्रकार अमित थेवेलाई चयन गर्यो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल