एएनए बाल्टिमोर सम्मेलन मूल आयोजक समिति गठन

एएनए बाल्टिमोर सम्मेलन मूल आयोजक समिति गठन

वाशिंगटन डिसी, बैशाख ७ – दि एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) को जुन ३० देखि हुने सम्मेलन सफल पार्न सम्मेलन मूल आयोजक समिति गठन गरेको छ ।

सम्मेलन सफल पार्न बाल्टिमोर समुदायले प्रतिबद्धता जनाएका छन् । मेरील्याण्ड तथा पेनसेल्भानियाका लागि अवैतनिक महाबाणिज्य दुत प्रेमराजा महतलाई सम्मेलनको संयोजक तोकिएको एएनएले हालै जारी गरेको बिज्ञप्तिमा जनाएको छ ।

यसैगरि एनएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी सम्मेलनका सभापति, प्रेमराजा महत सम्मेलनका लागि स्थानीय सभापति (लोकल चेयर ) तथा विजय श्रेष्ठ सम्मेलनका संयोजकमा मनोनित भएका छन् । यसैगरी सम्मेलनलाई सफल बनाउन अमेरिकाका विभिन्न राज्यहरुका प्रख्यात तथा विभिन्न क्षेत्रमा बिभिन्न पेसामा रहेका व्यक्तिहरुलाई प्रारम्भिक चरणमा आयोजक समितिको विशिष्ट सदस्यहरुमा छनोट गरिएको छ ।

विशिष्ट सदस्यहरुमा टेक्सासका गौरी जोशी ,क्यालिफोर्नियाका मुकुन्द ढुंगाना ,भर्जि्िनयाका चन्द्र लामा ,नर्थ क्यारोलिनाका शैलेन्द्र केसी ,भज्ििनयाका किरण प्रताप केसी,नविन केसी ,शरद युवराज सिंह तथा प्रशान्त राज भण्डारीलगायत रहेका छन् ।

यसै गरि टेक्सासका अर्जुन सुबेदी ,मेरिल्याण्डका देबरता शर्मा ,जर्जीयाका एएनए अधिकारी साम सेडाई ,मेरिल्याण्ड कि सरोज प्रजापति ,भर्जि्नियाकी अधिवक्ता बन्दिता शर्मा दाहाल मेरिल्याण्डका पदम पुन ,रतन सुबेदी ,विक्रान्त मान श्रेष्ठ ,लक्ष्मण प्रधान तथा लोकनाथ तिवारी विशिष्ट सदस्यहरुमा मनोनित भएका छन् ।

त्यस्तै मेरिल्याण्डका डा बिशाल भण्डारी,अनु वन्त ,सुनिल चौधरी ,मनोज श्रेष्ठ ,कुल प्रसाद गुरुङ ,मोहन थापा ,जेदु पोख्रेल ,रुद्र गुरुङ ,धरम बिक ,सुमन मल्ल ,बिबेक तामांग ,किरण पन्थ ,सुरेश सापकोटा (भर्जि्निया ) तथा सन्नी बराललगायत आयोजक समितिको विशिष्ट सदस्यहरुमा रहेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल