भारतले अहिलेसम्मकै महंगो चलचित्र बनाउने

भारतले अहिलेसम्मकै महंगो चलचित्र बनाउने

सिएनएन

नयाँ दिल्ली, वैशाख ६ – भारतले १६ अर्ब रुपैयाँ खर्च गरेर अहिलेसम्मकै सर्वाधिक महंगो चलचित्र बनाउने भएको छ ।

हलिवुडका चलचित्रको तुलनामा यो बजेट कम भएपनि भारतमा बन्ने औसत चलचित्रभन्दा निकै ठूलो राशी हो । भारतमा २ अर्ब रुपैयाँमा ठूला बजेटका चलचत्रिहरु तयार हुन्छन् ।

महाभारतमा आधारित रहेर बनाइने चलचित्रले राजनिकान्तको आगामी चलचित्र ‘२.०’ को ६.२ अर्ब किर्तिमान तथा बाहुबलीको दुई संस्करणको ६.५ अर्बको किर्तिमानलाई पछि पारेको छ ।


यो चलचित्रमा युएइमा रहेका भारतीय व्यवसायी बीआर सेट्टीले लगानी गरेका छन् ।

विज्ञप्ति जारी गर्दै सेट्टीले यसलाई १ सयभन्दा बढी भाषामा रिलिज गरिने र ३ अर्बभन्दा बढीले हेर्ने आशा व्यक्त गरेका छन् ।

अवार्ड विजेता मल्यालम लेखक एमटी वाशुदेवन नायरको ‘रान्डामुझम’ नामक उपन्यासमा आधारित रहेर चलचित्र बनाइने बताइएको छ ।

सन् २०१८ बाट चलचित्रको सुटिङ शुरु हुने र सन् २०२० सम्मा दुई संस्करणको चलचित्र रिलिज गरिने बताइएको छ ।

चलचित्रमा हलिवुडदेखि बलिउडसम्मका कलाकार समावेश गरिने बताइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल