डबल सुरक्षा घेरमा अनमोल केसीको फोटो सुट

डबल सुरक्षा घेरमा अनमोल केसीको फोटो सुट

काठमाडौं, बैशाख ६– युवापुस्तामा सबैभन्दा रुचाइएका कलाकार हुन् अनमोल केसी । उनको अभिनय रहेने चलचित्र ‘कृ’ आज बुधबारबाट फ्लोरमा निस्कने उनका पिता तथा चलचित्रका निर्माता भुवन केसीले बताएका छन् ।
सुपरहिट ‘ड्रिम्स’ र ‘गाजलु’ पछि अनमोलले ‘कृ’ अभिनय गर्न लागेका हुन् । ‘कृ’ अभिनयका लागि उनले २० लाख पारिश्रमिक लिएका छन् ।
यो चलचित्र अभिनयका लागि उनले निकै मिहेनत गरिरहेका छन् । यो चलचित्रमा उनी कपाल पालेर नयाँ लुकमा देखिदै छन् ।
चलचित्रको चरित्रका लागि आफुले पालिरहेको कपाल नदेखाउन उनी बिगत छ, सात महिनायता घरको चार घेर भित्र सिमित रहेर समेत दिन बिताउदै आएको बताइन्छ ।
केही पहिले उनी आफ्ना हितैषी अभिनेता सलोन बस्नेतको ब्रतबन्धमा पुगेका थिए । सो समयमा पनि उनले आफ्नो लुक सार्वजनिक हुने डरले क्याप लगाएका थिए । केही समय कार्यक्रममा रहेका उनी क्यामराबाट सकेसम्म टाढै हरन्थे । कोही कसैले क्यामरा तेस्र्याउन लागेको चाल पाउने बित्तिकै कुना तिर पुगिहाल्थे ।
करिब एक वर्ष अन्य चलचित्र अभिनय गर्न नपाइने सर्तमा मोटो रकम पारिश्रमिक लिएको भनिएको ‘कृ’को चरित्रका लागि अनमोलले कठोर अभ्यास पनि गरेका छन् ।
सुटिङ सुरु नहुञ्जेल मिडियासँग फोनमा बाहेक भेटेर अन्तर्वार्ता दिन बन्देज गरेका उनले सोमबार चलचित्रको लागि फोटो सुट गराए । कुपन्डोल स्थित एक स्टुडियोमा उनले गुपचुप रुपमा फोटो सुट गराउन खोजे । तर, फोटो सुटको केही मिडियाले सचाल पाइहाले । चलचित्र छायाँकन अगाडि उनको लुक बाँहिर नल्याउने निर्माण युनिटको पोलिसी बताउँदै चलचित्र ‘कृ’का निर्माता समेत रहेका उनका पिता भुवन केसीले मिडिया लगायत सबैका लागि फोटो सुटमा बन्देज लगाए ।
फोटो सुटका लागि कुपन्डोलसम्म अनमोललाई भुवनले निकै चलाखी पुर्व ल्याएका थिए । अनमोलको तस्बिर सुटमा चलिरहँदा स्टुडियो भित्र कोही प्रवेश गर्न नपाउन् भनेर भुवनले दुई सुरक्षा घेरा समेत बनाएका थिए । सुरक्षा घेराको सबैभन्दा अघिल्लो भागमा भुवन आफै रहेका थिए ।
अन्य भागमा केही युवा र चलचित्र युनिट खटिएका देखिन्थे । फोटो सुट अबेर साँझ चलेको थियो । फोटो सुट सकाएर घर तिर लैजादा पनि उनले निकै चलाखी पुर्वक लगेका थिए ।
पहिलो फ्लोरमा गरिएको तस्बिर सुटको त्यही घरको ग्राउण्ड फ्लोरमा बस्ने र माथिल्लो तलामा बस्ने कसैले पनि थाहा पाउन सकेनन् ।
अनमोलले बाबु भुवनले नै बनाएको चलचित्रबाट बालकलाकारको भुमिका हुँदै ‘होस्टल’बाट अभिनेताको रुपमा डेब्यु गरेका हुन् ।
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको ‘कृ‘ द सुपर काजोल फिल्मसले प्रस्तुत गर्न लागेको हो । यसको निर्माता सुवास गिरी र भुवन के.सी रहेका छन् ।
चलचित्रमा अनमोलले मोडल अदिती बुढाथोकीसँग रोमान्स गर्नेछन् । चलचित्र सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल