एनआरएन युएईको प्रस्टकिरण

एनआरएन युएईको प्रस्टकिरण

युएई, बैशाख ६ – गैर आवसिय नेपाली संघ युएईले सदस्यता शुल्कको बिषयलाई लिएर मध्यपुर्वमा एनआरएन सकिने भन्ने भा्रमक समचारप्रति गम्भिर आपत्ति जनाएको छ । संघ युएइले् प्रेस विज्ञप्ती जारी गर्दै सदस्यता शुल्कसँग जोडेर सामाजिक सद्भाव विथोल्ने गरी आएका समचारहरुको विश्वास नगर्न आग्रह गरेको छ ।
संघका प्रवक्ता बालकृष्ण मारासिनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘एनआरएन युएईले सदस्यता शुल्क ३५ दिहरामबाट बढाएर १०० दिहराम बनाएको र यसैको कारण मध्यपुर्वमा एनआरएनको अस्तित्व सकिएको, आर्थिक पारदर्शिता नदेखिएको, व्यक्ति विशेषको चरित्र, खानपान, पहिरन तथा संस्थाका अग्रजहरुको राजनैतिक संलग्नता जस्ता विषयको उठान गर्दै तुच्छ शब्दहरुको प्रयोग गरि सामाजिक सद्भावमा खलल पुर्याउन गरिएको दुस्प्रयासको एनआरएन युएई घोर भत्र्सना गर्दछ । एनआरएन युएईको बैठकले सदस्यता शुल्क बढाएको भनेर समाचार आएपछि समाजिक संजालमा बहस भएको थियो । तर, विज्ञप्तीमा सदस्यता शुल्क बढेको हो वा होइन त्यो भने खुलाइएको छैन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल