गौतम र नेपालीले बार्सिलोनाका नेपाली नचाए

गौतम र नेपालीले बार्सिलोनाका नेपाली नचाए

बार्सिलोना, बैशाख ६ – नेपाली जनसम्पर्क समिति स्पेनले आयोजना गरेको नयाँ बर्ष २०७४ सांस्कृतिक कार्यक्रम भब्य रुपमा बार्सिलोनामा सम्पन्न भएको छ ।
कार्यक्रममा गायक थानेश्वर गौतम र रामजी नेपालीले विभिन्न लोक सांस्कृतिक गीत गाएर सहभागिहरुलाई मनोरन्जन प्रदान गरेका थिए । कार्यक्रममा चर्चित मार्यो नि मायाले, सालैजु गीतका साथै ,पन्चे बाजाका गीतहरु, स्याङ्गजा गए पाल्पा गए ,बिर्सिएर शृङ्गारमा गाजल लगाईन्छ्यौ लगायतका चर्चित गीत प्रश्तुत गरिएका थिए ।

कार्यक्रममा गायिकाद्वय सुमी घिमिरे सापकोटा र अनुजा थापाले पनि आफ्नो लोक भाका प्रस्तुत गरेका थिए ।

समितिका अध्यक्ष इन्द्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष तथा पर्यटन दुत चिन्तामणि सापकोटा , एनआरएनका अध्यक्ष मुक्त बहादुर गुरुङ , पर्यटन दूत दीपक खरेल, नेपाली जन सम्पर्क समिति नेदरल्याण्डका बरिष्ठ सल्लाहकार हरी पौडेल लगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थित रहेको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल